सुदुरपश्चिम प्रदेशमा ६० प्रतिशतले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ४६ प्रतिशत जनसंख्याले पुर्ण मात्रा खोप लगाए । ( समाजिक विकास मन्त्रालयले जारी गरेको प्रतिवेदन सहित)
धनगढी । सुदुरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप अभियान र खोप कार्यक्रमको कभरेज स्थिती, अवस्था, चुनौती र उपलव्धि सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा जारी गरिएको विवरण अनुसार यस प्रदेशमा लक्षित जनसंख्या १८ वर्ष र सो भन्दा माथिकाले पुर्ण मात्रा खोप पाउनेको संख्या ८ लाख ८६ हजार ९१२ जना अर्थात ४६ प्रतिशत र एक मात्रा खोप पाउनेको संख्या ११ लाख ७५ हजार ९४७ जना अर्थात ६० प्रतिशत रहेको छ ।
जस मध्ये सबैभन्दा बढी बाजुरा जिल्लामा लक्षित जनसंख्याको ९२ प्रतिशत अर्थात ९५ हजार ३२० जनाले खोपको पहिलो मात्रा र ७० प्रतिशत अर्थात ७२ हजार २९२ जनाले पुर्ण मात्रा लगाएका छन् । त्यस्तै, बझाङमा पहिलो मात्रा लगाउने ४३ प्रतिशत अर्थात ६३ हजार ३३१ जना र पुर्ण मात्रा लगाउनेको संख्या ३७ प्रतिशत अर्थात ५५ हजार २९५ जना, दार्चुलामा पहिलो मात्रा ७२ प्रतिशत अर्थात ६८ हजार ६२ जना , पुर्ण मात्रा ६७ प्रतिशत अर्थात ६४ हजार ४०७ जना, बैतडीमा पहिलो मात्रा ५९ प्रतिशत अर्थात १ लाख ४ हजार २३ जन, पुर्ण मात्रा ४८ प्रतिशत अर्थात ८५ हजार ७७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।
यस्तै डडेल्धुरामा पहिलो मात्रा ४४ प्रतिशत अर्थात ४६ हजार ५६ जना, दोस्रो मात्रा ३६ प्रतिशत अर्थात ३७ हजार ४९९ जना , डोटीमा पहिलो मात्रा ४८ प्रतिशत अर्थात ६७ हजार ३७२ जना , पुर्ण मात्रा ३८ प्रतिशत अर्थात ५३ हजार ८१३ जना, अछाममा पहिलो मात्रा ४६ अर्थात ८७ हजार १७८ जना, पुर्ण मात्रा ३४ प्रतिशत अर्थात ६५ हजार ५६६ जना, कैलालीमा पहिलो मात्रा ६३ प्रतिशत अर्थात ३ लाख ९७ हजार ९३६ जना , पुर्ण मात्रा ५० प्रतिशत अर्थात ३ लाखअ १५ हजार १९५ र कञ्चनपुरमा पहिलो मात्रा ७० प्रतिशत अर्थात २ लाख ४६ हजार १०४ जना, पुर्ण मात्रा ३९ प्रतिशत अर्थात १ लख ३ठ अजार ७६८ जना कोरोना विरुद्धको खोपको पहुँचमा पुगेका छन् ।पहुँचमा सबै भन्दा कम पुगेका पालिकाहरुमा बैतडीको सिगास गाउँपालिका र पुर्चौडी नगरपालिका, डडेल्धुराको आलिताल र भागेश्वर गाउँपालिका र पर्शुराम नगरपालिका, अछामको चौरपाटी र मेल्लेख गाउँपालिका, डाटीको पुर्वीचौकी, बोगटान फुट्सील र साँयल गाउँपालिका र त्यसैगरी कैलालीका मोहन्याल र जोशीपुर गाउँपालिका रहेका छन् ।
प्रयाप्त मात्रामा खोप उपलव्ध हुने निश्चित भएपछि २०७८ मंसिर देखि देशभर सबै जिल्लाहरुमा प्रयाप्त मात्रामा व्यापक रुपमा कोरोना भाईरस विरुद्धको खोप उपलव्ध गराईएको छ । सुदुरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती वयवस्थापन केन्द्रमा हाल भेरोसेल १ लाख ८० हजार ८७० डोज, जोनसोन १ लाख ५८ हजार ४०० डोज, अष्ट्राजेनेका ५ हजार २१० डोज, कोभिसिल्ड १५ सय डोज र मोडर्ना १० डोज गरी जम्मा ३ लाख ४५ हजार ९९० डोज कोरोना विरुद्धको खोप उपलव्ध छ । त्यस्तै ०.५ एम.एल का सिरिन्जको संख्या ३ लाख ३१ हजार ६०० रहेको छ ।
सुदुरपश्चिम प्रदेशमा हालै मात्र १२ देखि १७ वर्ष उमेर समुहका वालवालिकालाई प्रदान गरिएको मोडर्ना खोप लगाउनेको संख्या १ लाख ६५ हजार ३५६ जना रहेका छन् । त्यस्तै दिर्घ रोगी, अपाङ्ग, असाह्य जनसंख्या तथा १२ देखि १८ वर्ष सम्मका व्यक्तिलाई लगाईने फाईजर खोपको पहिलो मात्रा लगाउनेको संख्या ३ हजार ९४८ र पुर्ण मात्रा लगाउनेको संख्या २ हजार १४८ जना रहेको छ ।
प्रदेश सरकारले यहि पुस ३० गते सम्म दैनिक ६ हजार ८७४ जनालाई पहिलो मात्रा र २४ हजार ९३९ जनालाई पुर्ण मात्राा खोप लगाउने लक्ष्य लिएको छ । तर हाल दैनिक ४ हजार ४५२ जनाले मात्रै दैनिक खोप पाईरहेका तथ्याङ्कमा उल्लेख छ । जुन लक्ष्य अनुरुप उपलव्धि हाँसिल हुन सकेको छैन ।
सरकारले लिएको लक्ष्य अनुसार कार्यक्रम अघि बढ्न नसक्नुका कारणहरुमा जिल्लाहरुमा प्रयाप्त परिमाणमा खोप हुँदा पनि उपभोग कम हुनु, पालिकाहरुमा अनलाईन माध्यमबाट तथ्याङ्क प्रविष्ट नहुनु, प्रदेश स्तरबाट जिल्लामा बजेट निकासामा ढिलाई, खोप जन्य फोहरको उचित व्यवस्थापन नहुनु, खोप केन्द्र विस्तार नहुनु र जनमानसलाई अझै पनि खोपको बारे सचेतिकरण गर्न नसक्नु लगायतका समस्याहरु खोप अभियानमा मुख्य चुनौतीको रुपमा रहको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
प्रतितवेदन हेर्नुहोसः
74. Sudurpaschim Province_Overview of COVID-19 Vaccination Campaign