विभिन्न चार विधामा उत्कृष्ट बी–स्कूलमध्ये सुदूरपश्चिम प्रदेशबाट कैलाली बहुमुखी क्याम्पस पुरस्कृत

न्यू बिजनेश एज प्रालिले प्रत्येक वर्ष आयोजना गर्दै आएको न्यूबिज बी–स्कूल रेटिङस् र्‍यांकिङ एन्ड अवार्डस् कार्यक्रममा विभिन्न ४ विधामा १६ ओटा कलेजहरूलाई पुरस्कृत गरिएको छ ।

७ वटै प्रदेशबाट एउटा कलेज, एमबीए र एमबीएस, बीबीए र बीबीएस र बीएचएम विधाबाट ती कलेजहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

प्रभु बैंक लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौंमा भाद्र १ गते आयोजित अवार्ड कार्यक्रममा एमबीए र एमबीएसतर्फ ३, बीबीए र बीबीएसतर्फ ३, बीएचएमतर्फ ३ उत्कृष्ट कलेज तथा सातै प्रदेशबाट एउटा कलेज सम्मानित भएका हुन् ।

तीन विधामा एक एक उत्कृष्ट कलेजलाई ट्रफी तथा प्रमाणपत्र एवम् दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र प्रदान गरिएको हो । त्यसैगरी प्रदेशतर्फका उत्कृष्ट कलेजलाई प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि उत्कृष्ट बी–स्कूलछनोट गरिएको थियो । २ हजार ३ सय बी–स्कूलमध्ये शुरुको पहिलो चरणमा उनीहरूको वेवसाइटका आधारमा ६ सय २ वटा सर्ट लिस्ट गरिएको थियो । विद्यालयको मिसन, भिजन र स्लोगन लगायतको आधारमा गरिएको दोस्रो चरणको छनोट प्रक्रियामा करीब ३ सय वटा बी–स्कूल छानिएका थिए । कम्तीमा ५ वर्षभन्दा बढी अवधिदेखि सञ्चालनमा रहेको आधारमा गरिएको तेस्रो चरणको छनोट प्रक्रियाबाट ८७ बी–स्कूल छनौट गरिएको थियो ।

यस वर्षको अवार्ड तथा सम्मान पाउने बी–स्कूलहरूमध्ये प्रोभिन्स लेभल बेस्ट बी–स्कूलतर्फ सुदूरपश्चिमको कैलाली बहुमुखी क्याम्पस पनि पर्न सफल भएको छ । यसै बिषयमा हामीले अवार्ड पाईसकेपछि अझै यस क्याम्पसले यस्ता अवार्डहरु पाउने कत्तिको सम्भावना छ भनेर क्याम्पस प्रमुख धर्मराज उपाध्यायसँग कुराकानी गरेका छौँ ।

Leave A Reply

Your email address will not be published.