वन्यजन्तुको संरक्षण र अध्ययनका लागि प्रदेश सरकारले आर्थिक लगानी बढाउनु पर्छ ।

धनगढी । नेपाल जुओलोजी सोसाईटी सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा दुई दिने कार्यशाला आयोजना गरिएको छ ।
कैलाली बहुमुखी क्याम्पसमा विज्ञान संकाय अन्तर्गत जीव विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी र आध्यापनरत प्राध्यपक तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई लक्षित गरि नेपाल जुओलोजी सोसाईटीको दोस्रो वार्षिक साधारण सभाको अवसरमा केन्द्रिय अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डीन डा.महेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा भौगोलिक सुचना प्रणाली (जि.आई.एस.) र रिमोट सेन्सिङबारे दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सोसाईटीका सुदुरपश्चिम प्रदेश अध्यक्ष एवं कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सिद्धराज पन्तले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेशमा उक्त संस्थाले खासगरी वन्यजन्तु र तिनको वासस्थान संरक्षण सम्बन्धि अध्ययन, अनुसन्धान गर्ने र सामाजिक सचेतना जगाउने काम गरिरहेको छ । यस्तै जीवजन्तुहरुको संरक्षणका लागि त्यसको वस्तुस्थिति र समस्याबारे विद्यार्थीहरुलाई परियोजना कार्य तयार पार्ने, अध्ययन गर्ने, थेसिस लेख्ने लगायतका कार्य गर्ने गरेको प्रदेश अध्यक्ष पन्तले वताउनुभयो । तर सुदुरपश्चिम प्रदेशको हकमा वन्यजन्तु संरक्षणका लागि सम्बन्धित निकायले पर्याप्त लगानी गर्न नसकेको उहाँको भनाई छ । मानव र वन्यजन्तुबिचको द्वन्द बढिरहेको अवस्थामा त्यसको न्यूनिकरणका लागि कार्यक्रम निर्माण गर्न सरकारसंग प्रभावकारी रुपमा समन्वय हुन नसकेको उहाँले वताउनुभयो ।
उहाँले भन्नुभयो “ वन्यजन्तुका समस्या र न्युनिकरणका प्रयास थाल्न गत वर्ष पनि हामीले प्रदेश योजना आयोगसंग अध्ययन र अनुसन्धाका लागि बजेट छुट्ट्याउन कुरा राख्यौँ, तर हाम्रो माग बजेटमा परेन, कार्यक्रम सञ्चालन पनि कलेजकै सहयोगमा ग¥यौँ । आगामी आर्थिक वर्षमा सरकारले यस विषयमा आर्थिक लगानी गर्नेछ भन्नेप्रति आशावादी छौँ ”
आर्थिक अभावका कारण नै स्रोत साधनको उचित परिचालन हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हामी कहाँ अनुसन्धान एकदम कम छ, हामीसंग भएको स्रोत साधन ओझेलमा परेको छ, त्यसकारण हामीले अब विद्यार्थीहरुलाई अनुसन्धानमा लगाउन जरुरी छ, तर त्यसका लागि हामीसंग आर्थिक अभाव र प्रयोगशालाको अभाव छ, त्यसका लागि सरकारी स्तरबाट सहयोग गरिदिनु प¥यो, व्यक्तिले गर्ने अनुसन्धान सहि र तथ्यपरक होस र अन्तर्राष्ट्रिय जोर्नलका लागि स्वीकार्य बनाउन हामी तालिममा पनि केन्द्रित छौँ”

अनुसन्धान गरेको क्षेत्रको नक्साङ्कन गर्न भौगोलिक सुचना प्रणली महत्वपूर्ण हुने भएकाले त्यसको प्राविधिक ज्ञानबारे जानकारी दिनु यस कार्यक्रमको मुख्य उपलव्धि रहेको उहाँले वताउनुभयो । यस्तै प्रदेश सरकारले आफुसंग रहेका प्राकृतिक स्रोतको पहिचान र उपयोग गर्न विज्ञहरुको परिचालन, उचित आर्थिक र प्राविधिक लगानी गर्नुपर्नेमा उहाँको जोड छ ।

Leave A Reply

Your email address will not be published.