संगीता बोहरा, धनगढी। जिउँदो शरीर त हो, कहिले यता कहिले उता हिंडीरहने, गन्तव्यतिर लम्किरहने पाईलाहरु ! लम्कि रहन्छन । एक यात्रु गन्तव्य खोज्दै अगाडी बढेझै म पनी गन्तव्य खोज्दै छु । यसै एक विशेष यात्राको चर्चा यस कथामा पनि पर्गेल्ने कोशिस गरेकी छु। मेरो एक जना पत्रकार साथी हुनुहुन्थ्यो उहाँले मलाई फोन गर्नु भयो ।
म एउटा लिङ्क पठाउछु त्यसमा जलवायु सम्बन्धी केही प्रश्नहरु छन् तिनको उत्तर भर्नु होला, त्यसमा भने अनुसार सहि उत्तर भर्यो भने जलवायु उत्थानशिल मिडिया प्रशिक्षणको तालिममा एक जिल्लाबाट पाँच जना छनोट हुन्छन् यो तालिम सुर्खेतमा पाँच दिनसम्म हुन्छ भन्नुभयो । मैले छनोटमा पर्दैन होला भने फेरी उहाँले भर्न त भरीराख्नु, भरेर यसमा मेल गर्नु भनेर मेल आइडी पठाई दिनु भयो, मैले दोस्रो दिन भरेर उक्त मेलमा पठाई दिए । सामाजिक सञ्जालमा यस्ता लिङ्कहरु धेरै आउथे त्यसैले मलाई विश्वास लागेको थिएन। तर त्यो लिङ्कले भने मलाई फाईदा नै पु¥यायो । फारम भरेको १५ दिनपछि भदौ १ गते अपरान्ह ४ बजे मेरो मेलमा मेसेज आयो ।
Finn Church aid’s (FCA) संस्थाले जुराएको समयमा, जलवायु उत्थानशिल मिडिया प्रशिक्षणको लागि एक जिल्लाबाट कम्तीमा ५ जना छनोट गर्ने भनिए अनुसार म पनि कैलालीबाट छनोटमा परेकी थिएँ। अरु बाँकी को कति जना परे मलाई केही थाहा थिएन। मनमा खुल्दुली लागिरहेको थियो । मैले चिनेका पत्रकार साथीहरुलाई सोध्दा थाहा नभएको जानकारी पाएँ। को परे होलान् भनेर झन जान्न मन लाग्यो। मलाई छनोट भएको जानकारी गराउन एउटा ईमेल आएको थियो । त्यसको तलतीर फोन नम्वर पनि छोडिएको थियो, त्यसै नम्वरमा फोन गरें। फोन पनि उठ्यो। नमस्कार सँगीता जी म अनीश श्रेष्ठ FCA बाट हजुरलाई बधाई छ, छनोट हुनुभएकोमा, यो कार्यक्रमको बारेमा केही बुझ्रन खोज्नु भएको हो ? नमस्कार सर धन्यबाद छ FCAसंस्था लगायत हजुरलाई अरु सबै ईमेल मार्फत थाहा पाईसकेकी छु, तर कैलालीबाट अरु को को छनोट भएका रहेछन् भनेर फोन गरेकी उहाँले छनोटमा पर्नु भएका सबैको नाम भनीदिनु भयो। जानकारीका लागी धन्यबाद भन्दै फोन राखी दिए ।
मेरा लागि सबै नयाँ नाम, को होलान् भन्ने मनमा लागि रहयो। त्यती असहज भने मलाई थिएन, किनकी मेरो दाई वीरेन्द्रनगर सुर्खेतमै काम गर्नु हुन्थ्यो । मैले उहाँलाई फोन गरें, हाम्रो कार्यक्रमको बारेमा सबै कुरा बताए। उहाँले कार्यक्रम हुने ठाउँ आफु नजिकै रहेको र ढुक्क भएर आउन भन्नुभयो । म खुसी भएँ, तर बाटोमा भने एक्लै हुने भए भन्ने मनमा चिन्ता लागीरहयो। दोस्रो दिन मैले पनि मेरो यात्रा सुरु गरेँ, धनगढी देखी सुर्खेतसम्मको, यात्रा, २०८० भदौ ३ गते धनगढीबाट सुर्खेत तिर लागें। म धनगढी क्याम्पसरोड बस्थे त्यहाँबाट अटो चढेर चौराहासम्म पुगे । त्यहाँबाट बसमा चढे। बस अत्तरीयातिर गुड्योे सारै रमाईलो बाटो मन आनन्द हुने केहिबेरमा अत्तरीया पुगें। उताबाट गाडी दायाँ मोडियो । यात्रा कठिन पनि थियो, अलीअलि रमाईलो पनि भइरहेको थियो । हुन त एक्लै भएर होला, त्यती रमाईलो नभएको। बाटोमा रमाईला रमाईला ठाउँ देख्दा मन त्यसै खुसी हुदै थियो । तर मलाई सारै अप्ठयारो भनेको दुईवटा कुराले भईरहेको थियो। एउटा मैले यात्रा गरिरहेको बसमा मैले चिनेका यात्रुहरु कोहि पनि थिएनन्, अर्कोे बस चालक, सहचालक दाईहरु मुखमा पुकार चपाउदै प्याच, प्याच थुकिरहेका थिए । अनि पुरै बसभित्र गन्ध आईरहेको थियो। उसै त मलाई मादक पदार्थ मन नपर्ने, त्यो दिन त गाडीमा गन्धले वान्ता आउला झै भईरहेको थियो । रिंगटा लागीरहेको थियो ।
यो त सामान्य नै हो, तर खानेलाईभन्दा नखानेलाई असर हुन्छ भनिन्छ । मेरो मनमा त्यही कुरा खेलीरहेको थियो। मनमनै लाग्यो कि, यसरी खानेलाई कस्तो अप्ठायारो होला की नहोला ? उहाँहरुलाई देख्दा पनि रिस उठीरहेको थियो । बाटो भरीको असहजता भनेको यती थियो। धनगढीबाट जादै गर्दा कर्णाली नदी माथिको पुल त्यो भन्दामाथी देखिने डाडाँपाखा पुलमुनी सलल बगिरहेको ठुलो नदी एकदम रमाईलो ठाउँ थियो । रोकीएको गाडीको वरपर चिसो पानी, माछा बेच्नेहरुको भिड उसै थियो । कर्णाली नदी पार गरी सकेपछि लुम्बिनी प्रदेश प्रवेश गरीयो । उक्त प्रदेश प्रवेश गरीसकेपछि अली पर बर्दिया राष्ट्रिय निकुञ्ज आउँछ भन्ने थाहा थियो ।
मनमा केही जनावर देख्न पाईए हुन्थ्यो लागीरहयो। सुनेकी थिएँ, हात्ती, बाघ, जस्ता विभिन्न जनावर हेर्न पाइन्छ, नभन्दै अली पर बर्दिया राष्ट्रिय निकुञ्ज थाहा भयो । बसमा रहेका सबै यात्रु अली झस्किए अनी राम्रोसँग नियालेर पनि हेरीरहे बाघ, बाघ भन्दै कराए। बस निरन्तर अगाडी गुडिरयो सडको दायाँ बायाँ घना जङगल थियो। सडक वरपर हरीयाली घाँस पलाएको । हेर्दै डर लाग्दो समाचारमा सुनेकी थिए बाघले त्यही जङगलको बाटो हुदै जादा मोटरसाईकल पछाडीको सवारलाई झम्टियो भनेर, त्यो कुरा सम्झिएर मनमा डर लागिरहेको थियो । ठुलठुला सालका रुखहरु त्योभन्दा साना बकैनाका रुख, अन्य स–साना बुट्यान एकदम हरियाली हेर्दै आनन्द मनमा यस्तो राम्रो ठाउँ भन्ने लागीरयो । केही पर सानो बजार थियो। उक्त बजारको नाम भुरीगाउँ रहेछ । हामी त्यहाँ पुग्यौं, योभन्दा अगाडी म त्यो ठाउँ गएकी थिए अगाडी भन्दा यो समयमा अली परीवर्तन भएको रहेछ पहिले बाटो कच्ची थियो। पिच भएको रहेछ रुखहरु पनि थिएनन् । त्यो भन्दा पर स–साना बजार थिए। आर्कषक घरहरु, सडकको छेउमा गोठालाहरु भेडा,बाख्रा,भैसी चराईरहेका। ति गोठालाहरु देख्दा मेरो बाल्यकालको याद आयो। म पनि गोठालो जान्थे,जङगलमा गएर गित गाउँदै आमाले भुटीदिएको मकै खाएको सारै याद आयो । अगाडी बढ्दै गर्दा कोहलपुर आईपुगें । त्यहाँ पुग्ने बेलासम्म यस्तै कुराहरु सम्झीरहे । कोहलपुर बसपार्कमा सारै गर्मी उभिनै नसकिने त्यहाँबाट अर्को बसमा जानुपर्ने थियो, बस पनि भेटियो ।
त्योभन्दा अगाडीको बाटो मेरा लागि नयाँ थियो। जादै गर्दा बबई नदी भेटियो, सानो बजार पनि रहेछ। केहिबेर बस रोकियो। त्यहाँबाट फेरी अगाडी उकालोतिर बस गुड्न् लाग्यो। बसको झ्यालबाट बाहिर हेर्दा रमाईला पहाडका भिरपाखाहरु देखिदै थिए। लामो समयसम्म तराईमै बसेर होला ति पहाडका भिरपाखाहरु देख्दा यो मन सारै खुसी भयो । मलाई मेरो घर बैतडी गएजस्तै महशुस भयो । चुपचाप बसभित्र बसि रहँदा अली असहज भईरहेको थियो । जादै गर्दा भेरी नदी भेटीयो । केहि दिन अगाडी मात्रै गोरखापत्रमा अटोसहित तीनजना मान्छे बगाएर भेरी नदीमा अलपत्र पारेको समाचार पढेकी थिँए ।मैले झट्ट सम्झिएँ। त्यो दिन पानी नपरेको हुनाले नदीको सतह अली घटेको थियो। ति तिनवटै लास भेटीएका रहेछन, मानिसहरुको बाक्लो घुईचो लागिरहेको थियो। त्यसैले धेरै बेर बस रोक्न दिएन् । फेरी बस उकालो लाग्या। जादै गर्दा राम्रो राम्रो दृश्य देख्न पाईयो । पहाडमै जन्मेर होला त्यो उकालीमा जादै गर्दा खुब रमाईलो लाग्यो अनी त्यहाँ को घाँस देख्दा आमाले पालेका भैसीहरु कती धेरै घाँस खान्थे। आफूले घाँस काटेर ठुलो भारी बोकेको याद आयो ।
बस अगाडी बढ्दै थियो । कुनै ठाउँमा उकाली थियो त कुनै ठाउँमा ओराली हरियो घासँ पलाएको सारै रमाईलो बसमा शिरशिर चिसो हावा चलीरहेको थियो। बस छिन्चु पुग्यो। त्यहाँ झन रमाईलो बजार, बसबाट झर्नेहरु झरीरहेका थिए। म झ्यालबाट बाहिर हेरीरहेकी थिँए । सारै हरीयाली, सानो बारीमा पनि मकै लगाएको बाटोको वरपर बिभिन्न फूलहरु फेरी बस अगाडी बढ्दै गयो । बाटोको छेउमा घाँस काटि रहेका महिलाहरु, घरको आगनमा खेलीरहेका बच्चाहरुलाई देख्दा उसै मन रमाईलो भयो। जादै गर्दा फरक र रमाईला ठाउँ देखीदै थिए, कती धेरै ठाउँका त नाम थाहा थिएन मलाई । करिव ७ घण्टा पछि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर आई पुगें। गाडीबाट झरे माथीतिर पहाडका डाडा तल सम्मपरेको ठाउँ एकपटक चारैतिर हेरे अनी दाईलाई फोन गरें। उहाँ लिन आउनु भयो । हाम्रो कार्यक्रम होटेल नमस्ते नेपालमा थियो। हामी त्यतै गायौ र सोधपुछ कक्षामा गएर कुरा गर्दा म भन्दा अगाडी कैलालीकै एकजना दिदि रक्षा भट्ट आउनु भएको रहेछ। होटेलमा काम गर्ने बहीनीले उहाँ बस्ने कोठामा पु¥यउनु भयो। हाम्रो चिनजान र भलाकुसारी भयो । मलाई उतै छोडेर दाई आफ्नो काममा फर्कनु भयो ।
म उतै बसे साँझतिर रक्षा दिदी र म गफ गर्दै बाहिर बसीरहेका थियौं, सबै नयाँ नयाँ मान्छे आउदै थिए। कोहि तपाई कैलालीबाट आउनु भएको हो, भनेर सोध्दै हुनुहुन्थ्यो । हो भन्दै बसि रहें। साझँ खानाखाने बेलामा FCA संस्थामा कार्यरत सर अनिश श्रेष्ठसँग चिनजान भयो ।
उहाँले कार्यक्रम दोस्रो दिन विहान ८ बजे देखी सांझ ४ बजेसम्म हुने जानकारी गराउनु भयो । दोस्रो दिन त्यहि समय हलमा सबैजना आईपुगे। मेरा लागि त्यहाँ भएका सबै अनुहार नयाँ थिए। सबैले आ–आफ्नो परिचय सुनाए पछि चिनजान भयो । सुर्खेत पनि मेरो लागि नयाँ ठाउँ थियो। हामीले सुरुको दिनमा जलवायु परिवर्तन तथा CRA का आधारभुत कुराहरुबारे छलफल गर्याै । अपरान्ह ४ बजे जलवायु उत्थानशिल कार्यशालाको पहिलो दिन सकियो। सबै साथीहरु घुम्नजाने भनेर हतारहतार खाजा खाएर कोठा तिरलागे । मैले पनि त्यही गरे, अनी हामी सबैजना कैलालीबाट गएका साथीहरु सुर्खेतको परिचित बुलबुले ताल घुम्न गयौ ।
हामी तालसम्म नपुग्दै बाटोमै पानी परेको थियो, पानीमा भिज्दै गयौ र त्यहाँ तालभन्दा पनि जाने बाटोको सजावटले मनै चङगा बनाएको थियो।
हामी सबैजना गित गाउँदै नाच्दै रमाउदै फोटोहरु खिच्दै कोठातिर फर्कियौ । केही बेर होटेलमा बसेर सबै गफमा ब्यस्त भयौं। साझँ साढे सात बजे खाना खानेबेलामा एक जना डोटीका साथीले बुलबुले ताल गएर फर्केर आयौ ?
भनेर सोध्दा रक्षा दिदीले हाँस्दै नाई हामी उतै छौं, भन्दा अरु साथीहरु खुब हाँसे। मैले, हामी उतैबाट खाना खादै छौ भनेपछि साथीहरु झन हाँसे हाँस्दा हाँस्दै खाना खाईसकेपछि हलमा सबै जना जम्मा भई दोहोरी गित गाउँदै १ घण्टा रमाईलो गरीयो । “दोहोरी खेल्ने रहर मेटाए, खोजे जस्तै तरुनी भेटाए । त्यसो भन्दा मेरो मन रुवाउछ, काका भन्छु झन राम्रो सुहाउँछ । ” त्यसपछि सुत्न आ–आफ्ने कोठातिर लाग्यौ। दोस्रो दिन पनि त्यसै थियो। बिहान नास्ता खाएर कार्यशाला सुरु भयो। त्यस दिन CRA र पत्रकारिताबारे छलफल सुरु भयो । दिउँसो १२ बजे खानाको समय थियो, खानापछि कार्यशालामै व्यस्त हुन्थ्यौं। बिच बिचमा रमाईलो गर्न साथीहरु गजल मुक्तक वाचन गर्नुहुन्थ्यो । म पनि के कम भने झै उहाँहरुको मुक्तकको जानी नजानी जवाफ फर्काउथे ।
मनमा माया भएपछि बहन सक्नु पर्छ
मानव एउटै घर भित्र रहन सक्नु पर्छ
साँझ बिहान दारु खाएर घरमा आउछौ
श्रीमतीको माया भए गनगन पनी सहन सक्नु पर्छ ।
जलवायु परिवर्तन उत्थानशील कृषि( CRA ) सम्बन्धी स्थलगत भ्रमण गर्नु पर्ने थियो। तेस्रो दिन बिहानको नास्ता खाएर सुर्खेतको पर्सेनी भन्ने ठाउँमा बस चढेर फिल्डमा गयौं। त्यो दिन वर्षा भईरहेको थियो। त्यहाँ हाम्रा प्रशिक्षक सरहरु राजेश घिमिरे, कृष्ण सापकोटा, अनिश राज श्रेष्ठ लगायत हामी सबै सहभागि साथीहरु थियौं ।
वर्षा भईरहेको हुदाँ कसरी रिर्पोटिङ गर्ने भन्ने चिन्ता लागिरहेको थियो। तर जती हामी डराएका थियौं, त्यती असहज भने भएको थिएन। पर्सेनीमा एकजना किसान ३० बर्षकी विन्दु शाही जलवायु मैत्री तरकारी खेती गरीरहनु भएको रहेछ। हामी त्यो ठाउँमा पुग्यौ उहाँले आठ कट्टा जमीनमा भेन्टा, बोडी, टमाटर, काउली, काक्रा, खुर्सानी लगायतका तरकारी लगाउनु भएको रहेछ ।
पानी पर्दापर्दै पनि हामीहरु बारीमा पुग्यौं। फोटो खिच्यौ अनी तरकारी खेती कसरी गर्नु हुन्छ भनेर सोध्यौं। त्यहाँका किसानहरुले तरकारी खेती गर्ने तरीका, बिभिन्न रोगबाट बचाउने उपायाबारे सबै कुरा बताउनु भयो । हामी सबै साथीहरुले ति सबै कुराहरु जानकारी पायौ । घरमै गाई पालेर गोठेमल बारीमा हाल्दा रहेछन। तरकारी बालीमा लाग्ने किरा मार्ने औषधी बनाउदा रहेछन। आकासे पानी जम्मा गरेर आवश्यक परेका बेला बारीमा हाल्दा रहेछन्। कति धेरै राम्रो कामका बारेमा बुझेर त्यहाँबाट फर्कियौं। पानी परीरहेकै थियो ।बस केही तल रोकिएको थियो। बससम्म पुग्न उरालो झर्नु पर्ने थियो। हिलोमा चिप्लीदै छाता हुने साथीहरु छाता ओडेर अरु बाँकी पानीमा भिज्दै आयौं। बाटोमा सानो खहरे खोला थियो। खोला तर्न सक्ने साथीहरुले तर्न नसक्ने साथीहरुलाई बोकेर तराए।
केही पर बाट बसमा चढेर बाटो लाग्यौ कच्ची सडकमा बस गुडीरहेको थियो । धान रोपेका हरीयो बारी सडकको छेउछेउमा देखीदै थिए। बसभित्र दोहोरी सुरु भयो। अलीअलि म पनि गाउँथे। यताउता सबैतिर कहाँसम्म धाउँछेउ र,हेर्दै लुरी दिमाग उसै के दोहरी गाउछेउर ? रायोलाई नि साग भने पालुङगो नि साग हो, चानचुने नसम्झ मलाई बैतडीको बाघ हो, जस्ता टुक्काहरु लिएर घमासान दोहोरी चल्यो । बसभित्र सबैजना पेट मिची मिची हाँस्दै नाच्दै आयौं। होटेल नमस्ते नेपालमा पुगेर खाना खायौं। केहीबेर आराम गरेर सातवटै जिल्ला कैलाली, डोटी, डडेल्धुरा, बाजुरा, सुर्खेत, दैलेख र हुम्लाका साथीहरु जिल्ला अनुसार स्थलगत भ्रमणका बारेमा समाचार सामग्री तयार गर्न अलग अलग बसेर बनायौ । केहिबेर पछि एक समुहबाट एकजाना अगाडी गएर प्रस्तुत गर्नु पर्ने । त्यो दिन पनि सकियो । साँझ खाना खाएर फेरी अरु दिन जस्तै हलमा जम्मा भई डेउडा, दोहरी गाउँदै नाच्दै रमाईलो ग¥यौं। बाँकी दुई दिन पनि त्यसरी नै बित्यो। ति दुई दिनको अवधिमा CRA का बारेमा समाचार सामग्रीको तयारी, भिजुअल पत्रकारिताका मार्फत CRA को स्टोरी टेलीङबारे छलफल गर्यौं, कार्याशाला सकिएको अन्तिम दिन सुर्खेतको घुम्नै पर्ने ठाउँ काक्रे बिहार घुम्न गयौं।
त्यहाँको ठाउँ खुब रमाईलो थियो। आर्कषक बिहार हर्दै मन प्रफुल्लीत भयो। आकर्षक ढुङगाको बिहारमा राखिएका मूर्तीहरु हेरेरै दङग पर्ने खालका थिए । त्यहाँ सबै साथीहरु एकै छिन त खुब बेस्त देखीए। कोही फोटो खिच्नमा कोही भिडियो खिच्नमा, सबैले समुहमा फोटो खिच्यौ अनि अटो चढेर फर्कियौ ।
एकैछिन कोठामा पुगेर फेरी हामीसँगै तालिममा सहभागी टीकापुरका ईश्वर साउँद दाई र म रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेत गयौं। त्यहाँका प्राविधिकले त्याहाँ भएका सबै सामग्री देखाउदै यस्को काम यो हो भनेर बताईदिनु भयो । मलाई खुब राम्रो लाग्यो । यस्तो हुँदो रहेछ, ठुलो भवन त्यहाँभित्र जेनरेटर रुम, अयिर रुम, ट्रान्समिटर रुम अलग अलग धेरै बेर नबसी त्यहाँबाट पनि फर्कीर्यौ र बुलबुले एफ्एम तिर लाग्यौं। त्यहाँकी सम्वाददाता भेट्यौ केही गफगाफ गरी साझ कोठामा फर्कियौ । खाना खाएर सबैजना हलमा गएर गफ गर्यौ। दोस्रो दिन सबैले आ–आफनो गन्तब्यतिर फर्किनु थियो
।
गफ सकेर राती ११ बजेसम्म डेउडा खेलेर रमाईलो गरीयो । अनी सुत्न कोठातिर लाग्यौं। अर्कोे दिन भने बिहानै नास्ता खाएर छुट्ने बेलाको समुहमा एउटा फोटो खिचेर आ–आफनो गन्तब्यतिर लाग्यौं।
म, मुकेश चौधरी दाई र महेश महर दाई होटेलबाट हिन्दै बसपार्कसम्म आयौं। दुईजना बाजुराका साथी सँगीता तिमेल्सेना दिदी र बसन्त बि.क दाई अली पछि आउनु भयो । अरु दुइजना टीकापुरका दाईहरु ईश्वर साउद र प्रमानन्द पण्डेय मोटरसाईकलमा आउनु भयो । हामी ३ जना बसपार्क पुगेर बस चढेर आयौं। दुईजना बाजुराका अर्को बसमा हामीभन्दा अली पछि आउनु भयो । फर्किदाको यात्रा भने रमाईलो भयो । मसँग यात्रा गर्ने यात्रु सबै चिनेका भएर । त्यहाँबाट आउँदा हर्रेको ओरालीमा माथीबाट ढुङ्गा खसेर बस दुर्घटनामा परेको थियो । त्यस बेला भने हामी सबै आत्तीएका थियौ । धन्न मान्छेलाई केही पनि भएनछ । हामी त्यहाँ केही बेर रोकियौ अनी छिनमै गाडी अगाडी गुड्यो । हामी सबैको भेट कोहलपुर बसपार्कमा भयो। हामी ५ जना त्यहाँबाट एउटै बसमा आयौं । मोटरसाईकलमा आएका दाईहरु टिकापुर सम्म मोटरसाईकलमै आउनु भयो । बसन्त दाई र महेश दाई अत्तरिया झर्नु भयो । हामी दुई सँगीता र मुकेश दाई धनगढीसम्म सँगै आयौ । चौराहबाट तिमेल्सेना दिदी आफ्नो भाईको कोठा जानुभयो । मलाई मुकेश दाईले मोटरसाईकलमा मेरो कोठासम्म छोडिदिनु भयो ।
कर्णालीका साथीहरु अब सुदुरपश्चिममा हामी सबैको भेटहोस भन्दै हुनुहुन्थ्यो । अब कहिले होला र? यो एक हप्ताको बसाई भने मेरा लागि अविस्मरणीय र उपलब्धीमुलक पनि भयो । यो समय रमाईलोको साथ बितेको हुनाले कुनै ठाउँ घुम्नै पर्ने रहेछ भन्ने पनि लाग्यो ।
लेखक कैलाली बहुमुखी क्याम्पसद्वारा सञ्चालित रेडियो केएमसीका संवाददाता हुनुहुन्छ ।