पञ्चायतदेखि यहाँसम्म परिवर्तन खोइ ?

महोदय, हामीले तीस वर्ष पञ्चायतको बितायौं । पञ्चायतपछि राजतन्त्र आयो दरबारमा व्रजपात भयो । दुर्भाग्यवश हामीले खोजेको राष्ट्र कहिले भेटाउन सकेनौं । समयसँगै बहुदल पनि आयो हामी यी भ्रष्ट र गफाडीको चिल्ला कुरामा खुब झुम्यौं ।

आज काङ्ग्रेसको कार्यक्रम छ, भोलि एमालेको त्यस्तै पर्सि राप्रपाको यिनीहरूको झुठो खेतीको गोडमेल गर्न हामी खुब मिहिनेती किसान बन्यौं । यतिसम्मकी यिनीहरुका भाषण सुन्न आफ्नो कार्य व्यस्तताका बाबजुद पनि खुब उपस्थिति जनायौं ।

अब आयो कुरो चुनावको चुनावमा त हामी यतिसम्म बिक्यौं
कि भन्न पनि जायज छैन । सायद कुनै पार्टीले चामल दिन्छु भन्यो त्यतै तिर खुरुखुरु गयौं ।

कैसैले रक्सी मासुको प्रलोभन देखायो त्यतै तिर गयौं । हो हामिले यो त राम्रो नै गरेका हौं । किनकि यो सब रकम हामीले पसिना चुहाई कमाएको दामबाट तिरेको करबाट पाएका थियौं तर हामी कुनै संसारमा भुल्यौं यानकी हाम्रो एउटा कुरामा ध्यानाकर्षण भएन । जो व्यक्ति केही भिजन लिएर म केही गर्छु म बाड्न त केही सक्दैन तर मसङ्ग मात्र यहि बोली र प्रतिबद्धता हो भन्ने व्यक्तिलाई हामी भुल्दै गयौं ।

उसँग हामी भोटको लागि पैसासँग बार्गेनिङ गर्न पुग्यौं । परिणाम ओहोदामा गुन्डा, फटा ठेकेदार पुगे अर्थात हामीले आफ्नो लागि आफैले खाडल खन्यौं ।

त्यसकारण हामिले विगतमा जे गर्‍यौं त्यो सबै भुलेर हुन्छ, केही कुरा त्यागेर हुन्छ या पार्टीगत पालोलाई बिर्सिएर भएपनि अब दक्ष, बौद्धिक र इमानदार नेतृत्व चयन गरौं । पार्टी जोसुकै होस तर व्यक्ति सक्षम छ भने भोट गरौं आफ्नो समाजको परिवर्तक आफै बनौं ।

– भाष्कर भट्ट, प्यासिफिक

Leave A Reply

Your email address will not be published.