केएमसीको आयोजनामा शिव माध्यमिक विद्यालयमा स्वास्थ शिविर सम्पन्न

रिर्पोट सहित

धनगढी। कैलाली बहुमुखी क्यामपसको आयोजना हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालिको सहकार्यमा श्री शिव माध्यमिक विद्यालय जाखोरताल धनगढी ७ कैलालीमा स्वास्थ शिविर २०८० आयोजना गरीएको छ ।


शिविरमा रगत परीक्षण, वीपी परीक्षण, दाँतको परीक्षण गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ठाकुर प्रशाद ढुङगेलद्धारा विद्यालयका प्र.अ नन्दलाल रानालाई डस्टविन हस्तान्तरण  गर्नु भएको थियो ।

स्कुलका प्रधानाध्यापक रानाबाट परीक्षणको उद्धघाटन गरीएको हो ।


कक्षा १ देखि १० कक्षासम्मको उक्त विद्यालयमा १६८ जनाले परीक्षण गराउनु भएको छ । केही विद्यार्थीमा गिजा र दाँतमा जटिल समस्या केहिमा सामान्य समस्या देखापरेको शिविरमा खटिनु भएकका डा. सुमित कुमार महासेटले बताउनु भयो ।
“हुनेखाने परीवार बेलैमा उपचार गराउने गर्दछन, सरकारी विद्यालयमा कमजोर परीवारका विद्यार्थीले अध्यन गर्दछन”। उपचार गर्न आर्थीक अवस्था कमजोर हुन्छ, त्यसकारण दाँत सम्बन्धी जनचेतना फैलाउन शिविर राखीएको गौरीशंकर डेन्टल प्रालीका प्रबन्ध निर्देशक रतन सार्कीले बताउनु भयो ।“कैलाली बहुमुखी क्याम्पसले शिव माध्यमिक विद्यालयसँग पटक पटक बिभिन्न कार्यक्रम गर्दै आईरहेकोमा धन्यवाद दिन चाहन्छु”। “गरीब र जेहेन्दार परीवारका विद्यार्थीको स्वास्थ्य अवस्था बुझ्रनु राम्रो काम हो” ,विद्यालयका प्रधाना ध्यापक नन्दराज रानाले भन्नु भयो ।
“शिव माध्यमिक विद्यालय जाखोरताल क्षेत्र नजीक राना थारु समुदायको बाक्ले बस्ती रहेको छ, विद्यालयमा सामान्य बर्गका विद्यार्थी अध्यारत छन” यसै कुरालाई मध्यनजर गर्दै शिविरको आयोजना गरेको कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक, विद्यार्थी कल्याण तथा खेलकुद शाखाका संयोजक जनक रावलले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.