थारु विद्यार्थी समाजद्धारा सिकलसेल एनिमियाबारे सचेतनामुलक कार्यक्रम सम्पन्न

धनगढी । थारु विद्यार्थी समाज कैलाली बहुमुखी क्याम्पस इकाईको अयोजना र सिकलसेल नेपालको सहकार्यमा सिकलसेल एनिमिया सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार कैलाली बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबिच सिकलसेल नेपालका सचिव भिम कुश्मीले रोग निवारण र सचेतना अभिवृद्धिका लागि भईरहेका संस्थागत प्रयासहरुबारे जानकारी गराउनुभयो ।

कैलालीमा सेति प्रादेशिक अस्पताल र टिकाुर अस्पताल एवं कञ्चनपुरमा महाकाली प्रादेशिक अस्पतालबाट निःशुल्क उपचार सेवा भए पनि औषधि उपचार नै सबैभन्दा चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । सिकलसेल नेपालले समस्याको पहिचानका लागि सचेतना बढाउनुका सथै सिकलसेल प्रभावित व्यक्तिहरुलाई उपचार तथा मनोविमर्श सेवा पनि निःशुल्क प्रदान गरिरहेको छ । सरकारले यो समस्यालाई नितिगत रुपमा समेटे पनि कार्यान्वयन नहुँदा प्रभावित व्यक्तिहरु उपचारको पहुँचमा पुग्न नसकेको उहाँको भनाई छ ।

त्यस्तै कार्यक्रममा स्वास्थ्यकर्मी विनिता चौधरीले सिकलसेल एनिमियाको प्रकृति, सर्ने तरिका र यो रोगको जाखिमबारे चर्चा गर्नुभएको थियो । पश्चिम नेपालका तराईँका जिल्लाहरुमा यो रोग देखिए पनि कुनै समुदाय विशेष समस्या मात्रै हो भन्ने बुझाई चिर्नु आवश्यक रहेको उहाँले बताउनुभयो।

थारु विद्यार्थी समाज कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष एवं स्वतन्त्र विद्यार्थी युनियन केएमसीका सदस्य लोकेन्द्र चौधरीले विगतमा सिकलसेल न्युनिकरणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपनि हाल यसलाई घटाउनु दु:खद रहेको बताउनुभयो । सिकलसेल एनिमियाबारे सचेतना बढाउन छिट्टै रक्तदान र पैदल यात्रा कार्यक्रम आयोजना गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.