केएमसीमा स्नातकोत्तर प्रथम सेमेस्टरलाई स्वागत तथा अभिमुखिकरण 

धनगढी – धनगढीको केएमसीमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बिहीबार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख लोक बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

भबिस्यमा तपाईं कहाँबाट पढेकोभन्दा पनि तपाईंको क्षमताको मूल्यांकन गरिने भएकाले हामीले छलफल अन्तरक्रिया, समिक्षा गरेर हामी सबैले अगाडि बढ्नुपर्ने क्याम्पसका सह-प्राध्यापक तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका केन्द्रीय सभापति राजेन्द्रवीर चन्दले बताउनुभयो ।

क्याम्पसको लामो इतिहासले यसको आफ्नै गरिमा रहेको र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो । आजको युगमा विद्यार्थीले संसारभरका जनशक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सबैले आफ्नो क्षमतालाई निखार्नुपर्ने उहाँले बताउनुभयो ।

क्याम्पस एफयुमा गएपछि बीएएलएलबी, सीएसआईटी, फोरेस्ट्री  इन्जिनियरिङ लगायतका विषयहरु थपिएको र केएमसीका प्रत्येक भवनलाई इलेक्ट्रोनिक बिल्डीङ बनाइने क्याम्पसका सहायक प्रमुख लोकेन्द्र बिष्टले बताउनुभयो ।

स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीको कामको सिलसिलामा पनि हुनेभएकाले क्याम्पसमा समय कम दिने गरेको देखिन्छ तरपनी विद्यार्थीले दैनिक कक्षामा उपस्तिथि हुनुपर्ने र पुस्तकालयमा पनि समय बिताउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.