रक्तदान: जीवनदान
रक्तदानका फाइदा
स्व-इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा वि. सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको हाे । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् ।
धनगढी । आफू स्वास्थ्य विज्ञानकाे विद्यार्थी भएकाेले पनि धेरै ठाउँकाे ऐतिहासिक, धार्मिक, सामाजिक चालचलन, रीतिरिवाज, भाैगाेलिक स्थिति, मठ मन्दिर आदिकाे बारेमा लेख्दै गर्दा नित्तान्त म सँग सम्बन्धित विषय वस्तुकाे उठान नगर्दा पाठकहरूलाई मेराे विशिष्टिकरणकाे विषय जानकारी नहुन सक्छ । त्यसैले आफ्नाे विषयसँग सम्बन्धित विषय वस्तुकाे बारेमा संक्षिप्त चर्चा गर्ने प्रयत्न गरेकाे छुँ ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व-इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा वि. सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको हाे । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् ।
नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ, तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग बढ्दाेछ । रक्तदान सम्बन्धी समाजमा मिथ्या भ्रमहरू (Misconception) रहेकाे देखिन्छ । यस लेखमा यिनै मिथ्या भ्रमहरूकाे चिरफार गर्ने प्रयास गरिएकाे छ ।
हाम्राे शरीरमा रगतकाे निकै महत्त्व रहेकाे हुन्छ । रगतले हाम्राे शरीरकाे सम्पूर्ण ताैलकाे करिब ५/६ प्रतिशत (५-६ लिटर) भाग ओगटेकाे हुन्छ । रगत ठाेस र तरल पदार्थ मिलेर बनेकाे हुन्छ । रगतमा भएकाे तरल पदार्थलाई प्लाज्मा (Plasma) र ठाेस पदार्थलाई रक्त काेष (Blood cells) भनिन्छ ।
रक्त काेषहरू तीन प्रकारका हुन्छन् । राता रक्त काेष (RBC), सेता रक्त काेष (WBC) र रक्त बिम्बाणु (Platelets) । राता रक्त काेषकाे आयु १२० दिन जति हुन्छ । त्यस्तै सेता रक्त काेष र रक्त बिम्बाणुकाे आयु पनि ८-१० दिनदेखि केही दिनकाे मात्र हुन्छ । रक्त काेषहरूकाे आयु समाप्त भएपछि शरीरभित्र त्यस्ता पुराना काेषहरू नष्ट हुने नयाँ रक्त काेषहरू बन्ने प्रक्रिया पनि निरन्तर चलि रहन्छ । उसाे त रगतमा शरीरलाई चाहिने सम्पूर्ण पाैष्टिक तत्त्वहरू पनि पाइन्छन् । तीन महिनापछि शरीरमा पुरानाे रगत तथा रक्त काेषहरू नष्टभएर आफसे आफ नयाँ रगत बन्दछ ।
अर्काे महत्त्वपूर्ण कुरा रगतमा हेमाेग्लाेबिन (Haemoglobin) नामक तत्त्व पनि हुन्छ । रगतमा हेमाेग्लाेबिनकाे मात्रा ठिक हुनु पर्दछ । हेमाेग्लाेबिनकाे मात्रा कम भएमा रक्त अल्पता (Anaemia) हुन्छ । रक्तदान सम्बन्धि चर्चा गर्दा कसैलाई रक्तदान गर्नु हुन्छ कि भनेर साेध्दा ह्या… शरीरमा रगत नै छैन भन्ने जवाफ पनि पाइन्छ ।
तर त्याे चाहिँ सत्य हाेइन है ! रगत बिना कुनैपनि प्राणी बाँच्न सक्दैन । मानिस दुब्लाे हुँदैमा रगत छैन भन्न मिल्दैन । तर रगतमा हेमाेग्लाेबिनकाे मात्राभने ठिक हुनु पर्दछ । यसका अलावा दीर्घ राेगी हुनु हुदैन । त्यसैले एक थाेपा रगतले यदि कसैकाे प्राण जाेगिदै छ भने रक्तदान किन नगर्ने त ? यदि तपाईं रक्तदान गरेर पुण्य कमाउन चाहनु हुन्छ भने तपसिलमा उल्लेख भएका विशेषता भने हुनु पर्दछ है ।
रगतको अभाव हुँदा दुर्घटनाका घाइते, रक्तस्राव भएका व्यक्ति, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामीलाई गाह्रो पर्छ । थालसेमिया, हेमोफिलियामा समस्या पर्छ, आकस्मिक शल्यक्रिया प्रभावित हुन्छ । यी स्वास्थ्य समस्या भएका व्यक्तिले समयमै रगत नपाए ज्यानै जोखिममा पर्ने खतरा हुन्छ ।
के तपाई रक्तदान गर्नका लागि योग्य हुनुहुन्छ ?
– तपाई पूर्णरुममा सहमत हुनुहुन्छ ।
– तपाईको तौल कममा पनि ५० किलो र बढीमा १६०
किलो हुनु पर्दछ ।
– तपाईको उमेर १८ वर्षदेखि ६६ वर्षसम्मको हुनु पर्दछ ।
– गर्भवती वा स्तनपान गराइरहेको हुनु हुदैन ।
– एचआइभी (HIV) संक्रमित हुनु हुदैन ।
– रक्तचाप ठिक हुनु पर्दछ (120/80 mm of Hg) ।
– मधुमेह (Diabetes) राेग लागेकाे हुनु हुदैन ।
– अन्य कुनैपनि दीर्घ राेग लागेकाे हुनु हुदैन ।
– रगतमा हेमाेग्लाेबिनकाे मात्रा ठिक हुनु पर्दछ ।
रक्तदानका फाइदा :
केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गर्न सक्छ ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ । तर त्यस्तो केही हुँदैन । महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन् । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् ।
मुटुका लागि फाइदाजनक :
रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ ।
नयाँ रक्तकोशिकाकाे निर्माण :
शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
क्यालोरी खपत :
एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ । यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन ।
क्यान्सरकाे जाेखिम कम हुने :
क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ । नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ । किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन । यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ । रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ । रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ ।
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी