समय चलिरहेकै छ आफ्नो गतिमा
बद्लिन नसकिएको हो त मान्छेको हाल
थाहा छ केही थोरै पाउन
बहुत गुमाउनु पर्छ
जानेर बुझेर पनि किन
धिक्कारी रहन्छ मान्छे
कहिले आफ्नो कर्म त
कहिले आफ्नो भाग्यलाइ
जसरी धिक्कारी रहेछौ तिमिले
आफ्नै भाग्यालाइ
भौतिक दूरी त एक बहाना मात्र हो
सम्बन्धको धागो नफुत्किन
मन जोडिरहे पुग्छ
जसरी दूर भएर पनि
नजिक छौ तिमी
नयाँ बर्षको शुभकामनासँगै
धेरै सम्झना अनि माया पठाएकि छु
यदि कुनै दिन
एकलोपनले सताए झै लागेछ भने
मनको दूरी बढे झै लाग्यो भने
आँखा बन्द गर्नु अनि
तिमिले फेरिरहेको सासलाइ महसुस गर्नु
त्यहा मलाई पाउनेछौ
मुहारको मुस्कानमा थप उर्जा दिनेछ
बाची रहन बचाइ रहन
नयाँ बर्षको शुभकामना ।
सर्जक : कृष्टी जोशी, धनगढी