कैलाली बहुमुखी क्याम्पसको प्राज्ञिक वर्णन

सुदूरपश्चिम प्रदेश सेती अञ्चल कैलाली जिल्ला धनगढी उपमहानगरपालिका अन्तर्गत बजारको मुख्य केन्द्र एल.एन. चोकदेखि करिब डेढ किलोमिटर पूर्व वडा नम्बर–८ मा अवस्थित देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसको स्थापना वि. सं. २०३७ सालमा भएको हो ।

 

सुरुवातमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि पञ्चोदय माध्यमिक विद्यालयबाट सामुदायिक क्याम्पसको रुपमा व्यवस्थापन (कमर्स) संकायको पठनपाठन सुरुभएको कैलाली बहुमुखी क्याम्पस केही समयपछि धनगढीको वार्ड नम्बर–८ मा भवन निर्माण गरि आफ्नै भवनमा सञ्चालनमा आयो ।

 

वि. सं. २०६३ सालदेखि मेरो पनि कर्मथलो कैलाली बहुमुखी क्याम्पस नै भएकोले यस क्याम्पसको परिदृश्य चित्रण गर्न पक्कै पनि सजिलो भएको अनुभूति गरेको छु । बृहत् क्षेत्रफल ओगटेको यस क्याम्पसको पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा ईमानदार विद्यार्थीहरू यस क्याम्पसमा अध्ययन गर्दछन् । हुन त “नजाति छु, नराम्रो छु कसले भन्छ र! मैले क्याम्पसको बारेमा चित्रण गर्दैगर्दा आफ्नो कर्मथलोलाई कसले पो नराम्रो भन्ला र ? भनेर पाठकहरूले मलाई आफ्नो क्याम्पसको बढाई चढाई गरेको आरोप लगाउने पो हुन कि भन्ने संकोच पनि लागिरहेको छ । तर यसरी बढाई चढाई गरेर लेख्दा लेखकलाई के नै फाईदा होला र ? सकेसम्म समाजलाई सत्य तथ्य कुराहरूको जानकारी गराउनु नै मानव धर्म हो । १७ वर्षदेखिको मेरो अनुभव, जानकारी, यथार्थ वस्तुस्थिति ऐना जस्तै छर्लङ्ग पार्ने प्रयास गर्ने छु ।

 

यो कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालनमा रहेको छ । यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तह सम्मको पढाइ हुने गरेको छ । स्नातक तहमा सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, विज्ञान संकायको पढाइ हुने गरेको छ । स्नातकोत्तर तहमा पनि सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायको पठनपाठन हुने गर्दछ । स्नातक तह शिक्षा शास्त्र संकाय अन्तर्गत अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, कम्युटर साइन्स सूचना प्रविधि (CSIT), लगायतका बिषयहरूको पढाइ हुन्छ । मानविकी संकायमा बिए. एल. एल. बी. (BALLB), बि.एस.डब्लु. (BSW), ग्रामीण विकास (RD), आम सञ्चार तथा पत्रकारिता (JMC), समाजशास्त्र, अंग्रेजी, गणित, अर्थशास्त्र लगायतका बिषयहरूको पठनपाठन हुने गर्दछ । व्यवस्थापन संकायमा बिबिएस, बिबिए, बिबिएम आदि विषयहरू र विज्ञान संकायमा बिएस्सी, सिएसआइटी (CSIT) बिषयहरूको पठनपाठन हुने गर्दछ ।

 

स्नातकोत्तर तहमा अंग्रेजी, नेपाली, अर्थशास्त्र, स्वास्थ्य शिक्षा, समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिए, एमबिएस, एमडिएस (MDS), वन विज्ञान (Forestry) आदि बिषयहरूको पढाइ हुने गर्दछ । निकट भविष्यमा इन्जिनियरिङ्गको पनि पढाईहुने प्रक्रिया अगाडि बढेको छ । यस क्याम्पसमा दक्ष तालिमप्राप्त दर्शनाचार्य (एम.फिल.), पिएच.डी. गरेका र दर्शनाचार्य (एम.फिल.) र पि.एच.डी. स्कलर (Scholar) प्राध्यापकहरू प्राध्यापनरत छन । समय समयमा विभिन्न अतिरिक्त कृयाकलापहरू आयोजना गरिन्छन् । यसै वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको पहलमा निःशुल्क लोक सेवा आयोग र शिक्षक सेवा आयोग, बैङ्किङ तयारीका कक्षाहरू सञ्चालनमा रहेका छन् ।

 

क्याम्पसको सामाजिक दायित्व अन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यो क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन हुनु भन्दा अगाडि सामुदायिक क्याम्पसको रुपमा हुँदा समाजसेवी व्यक्तित्व आदरणीय ओम प्रकाश अग्रवाल ज्यूले क्याम्पसमा खानेपानीको व्यवस्था गरेर ठुलो गुण लगाउनुभएको छ । विगतदेखि वर्तमान सम्म कृषि विकास बैंकले क्याम्पसलाई आर्थिक, भौतिक सहयोग गर्दै आएको छ ।

 

देशकै अग्रणी यस शैक्षिक संस्थामा विभिन्न जिल्लाबाट बिद्यार्थीहरू अध्ययन गर्न आउने गर्दछन् । गरीब, जेहेन्दार, अशक्त, अपाङ्ग विद्यार्थीहरूकोलागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । उपयुक्त खेलमैदान, पर्याप्त भौतिक पूर्वाधार, समय अनुसारको शिक्षा, दक्ष तथा योग्य प्राध्यापक, पुस्तकालय, समय समयमा आन्तरिक परीक्षाद्वारा विद्यार्थीहरूको मूल्याङ्कन, प्राथमिक उपचार कक्ष, उपयुक्त खेलसामग्री, स्वस्थकर चमेनागृह, सुरक्षित पिउने पानी, मोटरसाइकल, साकल तथा गाडी पार्किङ्ग, सुरक्षित शौचालय, सेनेटरी प्याडको व्यवस्था आदि यस क्यामपसका मुख्य विशेषता हुन ।

 

क्याम्पसमा रिसर्च म्यानेजमेण्ट सेल (RMC), विभिन्न संकाय अन्तर्गतका बिभागहरू गठन गरिएका छन् । क्याम्पसले हालै अनुसन्धानमा प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । क्याम्पसको यस्ता शैक्षिक उन्नयन तथा अनुसन्धानात्मक कृयाकलापहरूमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउने समाजसेवी, वुद्धिजिवी, विद्यार्थी लगायत सबै सबैलाई ह्रदयदेखि नै आभार प्रकटगर्दै क्याम्पसको शैक्षिक विकासमा यहाँहरूको अतुलनीय योगदान सधैभरि रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ ।

 

पटक पटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त यस क्याम्पसको थप उन्नती प्रगतिका लागि विश्वविद्यालय र समुदायको सहयोग, सुझाव आवश्यक पर्ने हुँदा सधैंभरी यहाँहरूको योगदान क्याम्पसकोलागि अविस्मरणीय रहने छ भन्ने कुरामा विश्वस्त छु । यस क्षेत्रका शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिवी, राजनीतिज्ञ, सामाजिक अभियन्ता, उद्योगी, व्यापारी, अभिभावक, प्रध्यापक, शिक्षक, कर्मचारी, वकिल, स्वास्थ्य व्यवसायी, चिकित्सक, कृषक, विद्यार्थी सबै सबैको क्याम्पसको उन्नतीमा महत्त्वपूर्ण योगदान रहेको कुरालाई कसैले पनि नकार्न सक्दैनन् र सधैंभरी यहाँहरुको सल्लाह, सुझाव, सहयोग रहिरहने छ भन्ने कुरामा विश्वस्त छु । क्याम्पस भए हामी हुन्छौं, तर हामी नभएपनि क्याम्पस हुनेछ । मेरो पनि कयाम्पससंग माना जोडिएको हुँदा क्याम्पस अभिभावकको कुशल व्यवस्थापनले गर्दा क्याम्पस सकारात्मक दिशामा अघि बढिरहेको मेरो ठम्याई छ ।

क्याम्पस सम्बन्धी पाठकलाई थप जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । अहिलेलाई भने बिट मारेँ ।
धन्यवाद !!!

 

मान सिंह धामी (भौनबाटी)

उपप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली 

Leave A Reply

Your email address will not be published.