बिहानै ५ बजे उठेर काँधमा हलाे राखी गोरु डोर्याउँदै बारि जोत्न हिँडे । ५:३० बजे बारिमा पुगेँ, आटाे पराल खुवाउँदै ६ बज्याे, आमा पनि पुगिन् । अघि अघि आमाले बीउ छरिन् पछि पछि मैले हलाे जाेत्न सुरु गरे, आपसि सहयाेग, भावना र सम्बन्धले गासिएका सहयाेगी छिमेकीहरु आए ,डल्ला काल्ला खन्न थाले । मैले त्यस बीचमा आमा, म र ती सहयोगी छिमेकी बीचकाे त्याे कहालीलाग्दो दृष्य देखेँ देखे । त्याे दृष्यले मलाई भावुक बनायाे । आखा रसाए । तर पनि म भने हलाे जाेत्ने कामलाई निरन्तरता दिइरहे ।
मनमा कुरा खेलिरहेका थिए । म अघि बढी रहे, हलाे जाेति रहे, तर पनि त्यहि दृश्यले मलाई भावनाकाे गहिराईमा जसरी मैले गाेठदेखि बारीसम्म गाेरु डोर्याउँदै ल्याएको थिएँ । त्यसरी नै भावनाकाे गहिराइसम्म डोर्याउँदै लग्याे । म भावनाकाे गहिराइमा डुबे पहिले झैं आँखा रसाई रहे ।
भावनाकाे गहिराइबाट मेराे मनमा एउटा ठाेस निष्कर्ष निष्कियाे “नभएको पनि हैन, भएको पनि छैन” समाजमा परिवर्तन भयाे हाेला, यो ठुलाे कुरा होइन । तर, सकारात्मक परिवर्तन बढी कि नकारात्मक परिवर्तन बढी भयाे ? यसले महत्त्वपूर्ण अर्थ राख्छ ।
उहिले हाम्रा काका, कान्छा बा, दाईहरु त्रिशक्ती मावि, भानुदय मावि त काेहि दिपायल लगायतका धेरै टाढाका विद्यालयमा पढ्थे । पैदल दिपायलसम्म जान्थे कति कष्ट हुन्थ्याे । छर-छिमेक मिलेर बस्थे । उहिले उहिलेका हाम्रो बाजेहरु गाउँमा “आजतेरा भाेली मेरा” भन्ने भावनाले एकअर्कालाई सहयोग गर्थे । कुटाे-काेदालाेसँगै, गाई-गाेठसँगै ,हाट-घट्टसँगै कस्ताे रमाईलाे समाज । कति सभ्य समाज ।
तर आज १० कक्षासम्म गाउँकै सिगाडा माविमा पढाइ हुन्छ । प्लस टु त्रिशक्ती र स्नातक फालासैनमै पढाई हुन्छ । तर आज हाम्रै घर नजिक स्कुल क्याम्पस हुँदै गर्दा, आम जनताकाे शिक्षामा पहुँच हुँदैगर्दा , उहिलेकाे जस्ताे समुदायमा भाईचारा खै त ? उहिले जस्ताे समुदायमा कुटाे-काेदालाे, हाट-घट्ट, गाई-गाेठसँगै खै त ? भावनाले जोडिएका खै त ? कतै हामी शिक्षामा विकासकाे रफ्तारमा हिड्ने क्रममा नैतिकतालाई पछाडी नै छाेडेर आयाैँ कि ? किन समुदायमा आपसि सहयोगकाे भावना कम हुँदै गयकाे छ ? याे हामीले कस्ताे परिवर्तन ल्यायौं ।
पहिले ६/७ जना मिलेर काम गर्ने हाम्रो वारीमा अहिले आमासँग ४ जना मात्रै थिए । प्रसङ्ग हाम्रो बारीको भयाे । तर परिस्थिति समाजभर यस्तै छ । आपसी सहयाेगकाे भावनामा कमि आउँदै गएकाे छ । त्यसैले याे कुराले मलाई भावुक बनायाे । मैले साेचे मेरी आमासँग त “आज नसके भाेली गराैँला भन्ने छाेरा छु ।” तर समुदायमा यस्ता तमाम आमाहरु छन्, जसका छाेरा घरमा छैनन् । तमाम लाेग्नेहरु स्वदेश छैनन्, उनिहरु कस्ताे परिस्थितिबाट अगाडि बढीरहेका हाेलान् ? मनमा पिरकाे गाठाे पार्दै साेचे आँखा रसायो ।
सोच्दा सोच्दै बिहानकाे १० बज्याे । आमाले भनिन्, “आज यति नै जाेत्ने बाकि भाेली ।” त्यसपछि गाेरु खाेले, हलाे बारीमै राखेँ, अघि-अघि गाेरु पछि-पछि म गाेठ तिर लाग्याैँ । फेरि पनि बाटाेमा त्यहि प्रसङ्ग मनमा छाहिरह्याे, समुदायमा एक अर्कालाई सम्मान किन हुँदैन ? भाईचार कता हरायाे ? आपसी सहयाेगका भावनाहरु कता हराए म साेची रहेँ ।
गाेरु बाधेर घर जाँदै थिए, एकजना हजुराआमा कसैलाई सहयोग माग्ने पर्खाइमा थिइन् । म पुग्नासाथ “लाट्या गहुलिना छिया” भनिन् मैल गहुँ सुकाउने ठाउँसम्म लगेर त राखे । तर फेरी त्यहि कुराले बल्झाउन थाल्याे समुदायमा यस्ता आमाहरु किन सहारा विहीन भएर बस्नु पर्यो ? छोराछोरी किन परदेशिए ? यी आमाहरुका सहारा स्वदेशमै राख्न के गर्नु पर्याे ? यस्तै अनेक प्रश्नहरुले मन पिराेली रह्याे ।
घर पुगेँ, अलि आराम गरेँ । नुहाएर खाना खाई सक्दा १२:३० बज्याे । शरीर अलि थकित भएकाले सुत्ने काेठा तिर गएँ । एक घण्टा बित्याे निन्दा लागेन । त्याे अवधिमा मैले साेचे, ‘हामी हिजाे देखि नै निर्वाह-मुखी कृषिमा आबद्ध छाैँ ।’ त्याे निर्वाह-मुखी कृषिले मानिसका बढ्दा ईच्छा आकाङ्क्षाहरु पूरा भएनन् । मान्छेले विकल्प खोजे र स्वदेशमै बस्नुभन्दा परदेश गए राम्रो हुने निष्कर्षमा पुगेँ
। जवान परदेशी भएपछि देशमा बाआमा बेसहारा बने । यथार्थ यस्तै छ ।
याे कमजोरी राज्यकाे हाे, राज्यले समय अनुसार आफ्ना समुदायहरुलाई किन माथि उठाउन सकेन ? उनिहरुकाे जिविकाेपार्जनकाे ग्यारेन्टी लिन किन सकेन ? याे पनि त विकास त हाे नी, हैन र ? सरकारलाई प्रश्न गर्न चाहेँ ।
माथि “नभएकाे पनि हैन, भएकाे पनि छैन” भन्ने प्रसङ्ग थियो । त्यस सन्दर्भमा नैतिकता नभएका शिक्षालयमा दरबार जस्ता भवन बने, ५ महिना चल्ने सडक बने, बाटो बन्यो, आधारभूत विकास भएन भन्ने हो । चाहिने कुरामा विकास कम भयो ।
निर्वाह-मुखी कृषिकाे चपेडामा परेका सर्वहारा वर्गलाई आधुनिक तथा वैज्ञानिक कृषिकाे बाटाेमा लैजानु पर्याे । बेसाहारा बुढा बाआमाका सहारा छाेराछाेरीहरुलाई स्वदेशमै आत्मानिर्भर कसरी बनाउने ? उपयुक्त नीति बजाउनु पर्याे । समुदायमा यस्ताे खालकाे विकासकाे आवश्यकता छ। भन्ने कुराे साच्दा साेच्दै म निदाएको रहेछु । त्यसपछि बाहिर अलिकति हावाहुरीसहित पानी पर्न थालेको रहेछ । आकाश गर्जन लागेको थियो । म बिउँझिए सिरानीमा च्यापिएको मोबाइल उठाउँदै समय हेर्दा साझको बज्न लागेको रहेछ । हात मुख धुँदा , चाउचाउसँग बिहानकाे भात खाँदासम्म ५:१५ बजि सकेकाे रहेछ । याे लेख लेख्दा सम्म ५:५८ भईरहेकाे छ । म भन्न भन्दछु, ‘युवा स्वदेश मै रहनु पर्छ ।’
गाेपाल बुढा, बाजुरा