कैलाली वहुमुखी क्याम्पसमा वृहत राष्ट्रिय प्राज्ञिक सम्मेलन आयोजना, प्राध्यापकहरुद्वारा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत

धनगढी । सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली वहुमुखी क्याम्पसको आयोजनामा पहिलो पटक वृहत राष्ट्रिय प्राज्ञिक सम्मेलन आजबाट सुरु भएको छ । क्याम्पस अन्तर्गतको “अनुसन्धान तथा व्यवस्थापन सेल”ले आज शनिबार र भोली आईतबार उक्त वृहत राष्ट्रिय कार्यपत्र प्रस्तुत प्राज्ञिक सम्मेलन आयोजना गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उप–कूलपति प्राध्यापक डा.नन्द बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्मेलन आरम्भ गरिएको थियो । कार्यक्रममा वोल्दै उहाँले अनुसन्धानका माध्यमबाट समाजको परम्परागत असमान अवधारणालाई परिमार्जन सहति परिवर्तनमा सघाउ पु¥याउन सक्नुपर्ने वताउनुभयो । विश्वविद्यालय स्थापनाको औचित्य पुष्टि हुने गरि स्पष्ट ज्ञानात्मक प्रणालीको विकास गर्नुपर्ने उहाँले वताउनुभयो । समाज व्यवस्थापनमा विज्ञानलाई जोडेर विश्वव्यापी रुपमा विशेष उदेश्य निर्माण र विशिष्ट क्षेत्र अङ्गाल्दै आवश्यक्तामा आधारित अनुसन्धानमा अभिप्रेरणा सहित लाग्नुपर्नेमा उहाँको जोड छ । Research Practices in Higher Education in Nepal विषयमा उहाँले मुख्य पत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै सुदुरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र विभागका डीन प्राध्यापक डा.भवान सिंह चलाउनेले अनुसन्धानका निष्कर्षमा व्यापक छलफल गर्दै व्यवहारिक कार्यान्वयन गर्न आवश्यक रहेको वताउनुभयो । यसलाई सम्बन्धित क्षेत्रका निति निर्माणमा समावेश गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सुदुरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा.हेमराज पन्तले मानव अन्य प्राणी भन्दा फरक र ज्ञानी भएकाले हाम्रो ज्ञान उदेश्यपरक र सार्वजनिक हित एवं सामाजिक समस्या समाधान उन्मुख हुनुपर्ने वताउनुभयो । हामी समयसापेक्ष र सान्दर्भिक ज्ञानबारे जानकार हुनुपर्ने उहाँको भनाई छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जिब लाल सापकोटाले प्रत्येक आधारभूत नितिमा नयाँ खोज र अवधारणा निर्माण गर्दै निरन्तर अनुसन्धानमा प्रेरित भएर लाग्नुपर्ने वताउनुभयो । यसले व्यवसायीक र पेशागत दक्षतामा महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।

यस्तै पदमकन्या क्याम्पस काठमाण्डौँकी उप–प्राध्यापक डा.अम्विका अर्यालले अनुसन्धान विधिको बाटो पछ्याउदै र सिक्ने अवसरका यी पदचापलाई अङ्गीकार गर्दै यस्ता सम्मेलनहरु देखाउन मात्र नभएर वास्तविक सिकाई र उपलव्धिमा आधारित हुनुपर्ने वताउनुभयो । साथै अनुसन्धान समाज परिवर्तन र विद्यार्थीहरुको भविष्य निर्माणमा केन्द्रिति हुनुपर्ने उहाँको भनाई छ ।
कैलाली वहुमुखी क्याम्पसका प्राध्यापक डा.राजेन्द्रवीर चन्दले अनुसन्धानको आधार बिना हाम्रो भविष्य निर्माण सम्भव नभएकाले वर्तमान विश्वव्यापीकरणको युगमा प्रत्येक व्यक्तिले प्राज्ञिक वहस र ज्ञान हस्तान्तरणमा सहभागी हुनु जरुरी रहेको वताउनुभयो । अनुसन्धान मार्फत दिगो विकासलाई सहयोग पुग्ने कार्यपत्र तयार पानुपर्ने उहाँको भनाई छ ।

यस्तै स्वतन्त्र विद्यार्थी युनियन कैलाली वहुमुखी क्याम्पसका अध्यक्ष यमराज जोशीले शिक्षा क्षेत्रमा भईरहेको क्रमिक विकास र विगतका धर्म, संस्कृति र समाजको खोजले विद्यार्थीहरुको विगत,वर्तमान र भविष्यलाई मजवूत बनाउने भएकाले यस्ता वहस प्राध्यापकसंगै विद्यार्थीहरु बिचमा लैजानुपर्ने र खोज र अनुसन्धान गर्न प्रेरित गर्नुपर्ने वताउनुभयो । कैलाली वहुमुखी क्याम्पसका प्रमुख प्राध्याक डा.धर्मराज उपाध्यायले यहाँ भौगोलिक रुपमा कठीन जीवनशैली अनुसन्धाको चुनौतिका रुपमा रहेकोले सही र सत्य अनुसन्धान मार्फत जीवनशैलीमा परिर्वतन ल्यउनुपर्ने वताउनुभयो। यो सुरुवात भएकाले सबैले सहकार्य गर्दै नयाँ खोजीको मार्गमा सबैको साथ रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

“अनुसन्धान तथा व्यवस्थापन सेल”का संयोजक एवं सह–प्राध्यापक मोहन सिंह साउँदका अनुसार सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली वहुमुखी क्याम्पसमा सुरु भएको उक्त सम्मेलनमा नेपालका त्रिभुवन विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, काठमाण्डौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, र भारतको लखनउ विश्वविद्यालय तथा नेपालका विभिन्न क्याम्पसमा प्राज्ञिक व्यक्तिहरुको सहभागिता रहेको छ । सम्मेलनमा उहाँहरुले विभिन्न र्शीषक र विषयमा आफ्ना अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो । विषय विज्ञहरुले अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नु भएको छ । कार्यक्रम आईतबार पनि विहान ७ बजे देखि वेलुका ५ बजेसम्म हुनेछ । कार्यक्रम अवधी भर ६२ जना प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्ने छन ।

 

 

 

Leave A Reply

Your email address will not be published.