केएमसीमा एमबिएका शतप्रतिशत विद्यार्थीलाई फेलोसिप

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा एमबिए अध्ययनरत शतप्रतिशत विद्यार्थीहरुले फेलोसिप प्राप्त गरेका छन्।

मुक्त कमैया विकास मञ्च कैलालीसँगको सहकार्यमा क्याम्पसले विद्यार्थीहरुलाई व्यवसाय र उद्यमलशीलतासँग जोडेको हो। यसका लागि क्याम्पसले गत वैशाख महिनामा उक्त संस्थाँंग सम्झौता गरेको थियो। एमबिए कार्यक्रमका संयोजक डा. शिव प्रसाद सापकोटाका अनुसार मुक्त कमैया विकास मञ्चले आर्थिक सहयोग गरेका व्यवसायीहरसलाई विद्यार्थीहरुले सहयोग गरिरहेका छन्।

सहयोग गर्नका लागि एक व्यवसायी–एक विद्यार्थीको जोडा बनाईएको छ। विद्यार्थीले व्यवसाय प्रवद्र्धनका लागि उनिहरुलाई सिप र ज्ञान दिइरहेका छन्, संयोजक सापकोटाले भन्नुभयो,‘यसरी सहयोग गरेवापत विद्यार्थीहरुले दैनिक १ हजार २ सय रुपियाँ पाउने गरेका छन्।” यो रकम फिनल्यान्डको ओम्यान्स बैंकको सहयोगमा मुक्त कमैया विकास मञ्चले विद्यार्थीलाई उपलब्ध गराउने गरेको संयोजक सापकोटाले बताउनुभयो।

यो कार्यक्रमबाट ब्यवसायको व्यवस्ताथित तरिकले रेकर्ड राख्न तथा आर्थिक विश्लेषण गर्न व्यवसायीहरुलाई सहयोग पुगेको मुक्त कमैया विकास मञ्चका व्यवसाय अधिकृत प्रदिप चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो,‘यसबाट विद्यार्थीहरुलाई व्यवसायमा  हुने यथार्थ समस्या र व्यवसायिक सिप पनि सिकाउछ। व्यवसायमा भएको प्रगती प्रतिवेदन हरेक तीन महिनामा व्यवसायीहरुसंग मिलेर क्याम्पसलाई बुझाउने तथा सिकाई अनुभव आदानप्रदान गर्ने कार्ययोजना रहेको विद्यार्थी सिर्जना चौधरीले बताउनुभयो।

फेलोसिप पाउनेमा २० भन्दा बढी विद्यार्थीहरु रहेका छन्। विद्यार्थीहरुले धनगढी उप-महानगरपालिका र गोदावरी नगरपालिकामा काम गरिरहेका छन्। ३७ जना व्यवसायीले यसबाट लाभ पाएका छन्।

Leave A Reply

Your email address will not be published.