धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाल मगर संघको नयाँ समूह गठन गरिएको छ।
सनिबार नजरिया स्थित भेटघाट अन्तरक्रिया कार्यक्रम सँगै समूह गठन भएको हो।
वडा नम्बर ६ भित्रका सम्पूर्ण मगर समुदायलाई समेटेर उक्त गठन गरिएको हो। उक्त संगठनद्वारा मगर समुदायले मान्दै आएका विभिन्न थानहरुको संरक्षण र स्थापना गरिने पनि जनाइएको छ। उक्त कार्यक्रममा बोल्दै भेजा प्रणाली भित्रको बजुर बडा अर्थात् मुख्य मान्छे छनोट गरी विशेषगरी मगर समुदायका भाषा, विविध थानहरू लगायत मगर समुदायलाई एकता गराउने उद्देश्य रहेको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष दलबहादुर घर्ती मगरले धारणा व्यक्त गर्नुभएको छ।
उक्त वडा स्तरीय संगठनले वडा कार्यालयसँग बजेट विनियोजन गरी विविध थानको स्थापना गरिने र आउँदो माघमा माघी मिलन सांस्कृतिक नगरस्तरीय कार्यक्रम गरिने पनि बताइएको छ। उक्त कार्यक्रम नेपाल मगर सङ्घ धनगढी उपमहानगरपालिका का उपाध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपमहासचिव मीनबहादुर दर्लामी मगर, जिल्ला सदस्य तथा धनगढी उपमहानगरपालिकाका इन्चार्ज लोकबहादुर पल्ली मगर र नेपाल मगर सघं प्रदेशका मुख्य सचिव राजेश बुढा मगर को पनि उपस्थिति रहेको थियो।
उक्त वडा स्तरीय संगठनमा सात जनाको समूह रहेको छ।
अध्यक्षमा हर्कबहादुर पुन मगर, उपाध्यक्षमा कल्पना राना मगर, सचिवमा मदन बुढा मगर, सहसचिवमा बिमलिक दर्लामी मगर, कोषाध्यक्षमा जोया देवी पुनमगर, सदस्यमा अनिता बुढामगर र लक्ष्मी बुढामगर रहनुभएको छ।
सल्लाहकारमा महेन्द्र थापा मगर, टेकबहादुर पुन मगर, दिनेश बुढा मगर, मानबहादुर पुन मगर, नरेन्द्र थापा मगर, नारायण घर्ती मगर र करण पुन मगर रहनुभएको छ।