सुनचाँदीको भाउमा उतार–चढाव, आज सुन र चाँदी दुवै घटे

धनगढी। पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको भाउ उतार–चढाव भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको विनिमय दर र लगानीकर्ताको चासोका कारण सुनको मूल्य कहिले उच्च त कहिले घट्दो क्रममा देखिएको छ ।

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्दै २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको थियो, जुन पछिल्लो समयकै उच्चमध्ये एक हो । केही दिनयता सुनको भाउ निरन्तर उच्च विन्दुमा रहँदै आएको भए पनि आज भने सामान्य गिरावट आएको हो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८० रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

व्यवसायीहरूका अनुसार पछिल्लो समय सुनचाँदीको मूल्य बढ्दा बजारमा कारोबार केही सुस्त भएको छ । उच्च मूल्यका कारण आम उपभोक्ताले खरिद घटाएका छन् भने लगानीका रूपमा सीमित व्यक्तिले मात्रै सुनचाँदी किन्ने प्रवृत्ति देखिएको छ । यद्यपि मूल्य घटबढ भइरहेकाले आगामी दिनमा बजारको अवस्था अन्तर्राष्ट्रिय बजारको चाल अनुसार नै निर्धारण हुने व्यवसायीहरूको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.