कैलालीको क्षेत्र नम्बर ४ बाट निर्वाचन अधिकृतको कार्यलय प्रतिनिधि निर्वाचनको कार्यतालिका सार्वजनिक

धनगढी। कैलालीको क्षेत्र नम्बर ४ बाट निर्वाचन अधिकृतको कार्यलय प्रतिनिधि निर्वाचनले कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ६ गते (मङ्गलबार) आज उम्मेदवारी मनोनयनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले दर्ता बिहान १० देखि ५ बजेसम्म गर्न सक्ने बताउनुभयो। निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार आज बिहान १० बजे श्रम संस्कृति पार्टी, १०: ३० मा नेशनल पब्लिक नेपाल ,११ बजे मितेरी पार्टी नेपाल ११:३० बजे नेपाल मजदुर किसान पार्टी, १२ बजे नेपाली कम्युनिस्ट पार्टी ,१२;३० बजे उज्यालो नेपाल नेपाल पार्टी, १ बजे राष्ट्रिय जनमोर्चा पार्टी, १: १५ बजे नागरिक उन्मुक्ति पार्टी नेपाल, १:३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी २ बजे नेकपा एमाले २:३० बजे मानवतावादी पार्टी  ,३ बजे नेकपा माओवादी पार्टी, ३:३० बजे राष्ट्रिय स्वतन्त्र पार्टी ,र ४ बजे नेपाली कांग्रेस मनोनयन दर्ता गर्ने समय तोकेको छ।

Leave A Reply

Your email address will not be published.