टि–२० विश्वकप–नेपाली टिम उत्साहसहित मैदान उत्रँदै

धनगढी । दशकदेखिको नेपाली क्रिकेटको सपना आज (मंगलबार) पुरा हुँदैछ । सन् २०१४ को बंगलादेशमा आयोजना गरिएको विश्वकपमा पहिलो पटक नेपालले खेलेको थियो । त्यसपछि २०२४ अर्थात् नवौं संस्करणमा आएर नेपाली टिम विश्वकप खेल्दैछ । ठूलो स्टेजमा नेपाल दोस्रो पटक आफ्नो उपस्थिती जनाउँदैछ ।

नेपाल क्रिकेट टिमले मंगलबार सवा नौ बजे नेदरल्याण्ड्सविरुद्ध ग्राण्ड प्रेरी स्टेडियमा दशक देखिको सपना पुरा गर्नेछ । नेपालले अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टि–२० विश्वकपमा नेदरल्याण्डसँगको खेलबाट यो संस्करणको आफ्नो यात्रा सुरु गर्दैछ ।
समुह ‘डि’ मा जारी विश्वकपमा अधिकाशं क्रिकेट प्रशंसकले नजर लगाएको टिम हो । यस समुहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग एसोसियटबाट नेपाल र नेदरल्याण्ड्स छन् । क्रिकेट साइट इएसपीनक्रिकइन्फोले ‘ग्रुप अफ डेथ’ को संज्ञा दिएको छ ।

यसलाई ग्रुप अफ डेथ भन्नुको पछाडि यस समुहमा रहेका नेपाल र डच टिम हो । यी दुवै टिमले आफ्नो विकास खोजिरहेका छन् । यी दुवै टिमले जुनसुकै राष्ट्रलाई पछि घुडा टेकाउन सक्ने क्षमता राख्छन् भन्दै उसले आफ्नो विश्लेषण प्रस्तुत गरेको छ । विश्वकपका लागि नेपाली टिम झण्डै एक महिनादेखि अमेरिका यात्रामा छ । यसबीचमा नेपालले विभिन्न टिमसँग अभ्यास खेलसमेत खेलेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा सुखद् सुरुवातको अपेक्षा राखेको नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलेले बताउनु भएको छ । अमेरिकामा रहेका नेपाली सञ्चार माध्यमसँगको कुराकानीमा कप्तान पौडेलले, ‘नेपालका लागि यो इभेन्ट निकै महत्वपूर्ण छ । पछिल्ला दश वर्षदेखि हामी विश्वकपमा खेल्न सकिरहेका थिएनौं । त्यसैले हामी सबै र नेपाल क्रिकेटका लागि यो विश्वकप निकै महत्वपूर्ण छ,’ भन्नुभएको छ ।
टि–२० विश्वकपमा सबैभन्दा कान्छा कप्तानका रुपमा टिम सम्हालिरहेका रोहितले अगाडि थप्नुभयो,‘बच्चा हुँदादेखि नै विश्वकप खेल्ने सपना थियो । अब त्यो सपना पुरा गर्ने अवसर पाइरहेका छौं । साथै जिम्मेवारी पनि आएको छ, त्यो हामी पुरा गर्नेछौं ।’

नेपाल रहेको समुहको पहिलो खेलमा गएराति श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सम्पन्न भइसकेको छ । जसमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालको सम्भावित प्लेइङ ११

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल कुमार शाह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, अबिनाश बोहरा ।

1 Comment
  1. drover sointeru says

    certainly like your web-site but you have to check the spelling on several of your posts. Several of them are rife with spelling problems and I find it very troublesome to tell the truth nevertheless I’ll surely come back again.

Leave A Reply

Your email address will not be published.