युवाहरुमा आशा जगाउन स्टार्ट–अप तालिम

धनगढी, १९ माघ,
सुदूरपश्चिम बिश्वविद्यालयको इन्कुभेसन सेन्टरले युवाहरुलाई नयाँ काम प्रति उत्प्रेरित गर्न स्टार्ट–अप तालिमको आयोजना गरेको छ । कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरिएको स्टार्ट–अप तालिममा सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहेका बिभिन्न क्याम्पसका ९० जना भन्दा बढी ब्यक्तिको सहभागिता रहेको छ । तालिमको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्नुभयो । सुदूरपश्चिम बिश्वविद्यालयको इन्कुभेसन सेन्टरले युवाहरुलाई नयाँ कामको थालनी गर्नका लागि उत्प्रेरीत गरिरहेको रहेछ मन्त्री खड्काले भन्नुभयो, ‘प्रदेश सरकार यस्ता कार्यमा सहकार्य गरेर जान तयार छ ।” सुदूरपश्चिम बिश्वविद्यालयको इन्कुभेसन सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर राजेन्द्रबिर चन्दले बिश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको बताउनुभयो । निर्देशक चन्दले कामको स्टार्ट अपका लागि प्रस्तावना माग गर्ने र छनौट गरेर काम थालनी गर्न अनुदान दिने गरेको पनि बताउनुभयो । शिक्षा संकायकाड डिन डा. भवान सिं चलाउने इन्कुभेसन सेन्टर गर्न चाहने विद्यार्थीका लागि ठूलो अवसर भएका बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन डाक्टर बिष्णु बिलास अधिकारी, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले तालिम लिएर त्यसलाई ब्यावहारमा प्रयोग गर्न सहभागिलाई आग्रह गर्नुभयो । सुदूरपश्चिम बिश्वविद्यालय इन्कुभेसन सेन्टरका संयोजक शिव सापकोटाले युवाहरुलाई उद्यमशीलता संग जोड्न विभिन्न कार्यक्रमहरु गरिरहेका बताउनुभयो । शुक्रवार देखि सुरु भएको तालिम आज सम्पन्न हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.