सुदुरपश्चिम विश्वविद्यालय कैलाली वहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रमा स्नातक तहमा वन विज्ञान विषय अध्यापनका लागि विज्ञहरुविच अन्तरक्रिया । रेडियो रिपोर्टः

An interaction Program on the Newly Designed B.Sc. Forestry Course of Far western University Among the members of the Course Formation Committee and the concerned Stake holders in  kailali  Multiple Campus.

(कैलाली वहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञान अध्ययन सुरुवातकालागि सुदुरपश्चिम विश्वविद्यालय, क्याम्पस र  विज्ञहरुविच पहिलो चरणको अन्तरक्रिया कार्यक्रम)

धनगढी । हरियो वन नेपालको धन भनिन्छ । तर, नेपालमा वनको सही सदुपयोग गर्न सकिएको छैन । झन्डै ४५ प्रतिशत भू–भाग वनले ओगटेको छ। वनको संरक्षणसँगै वैज्ञानिक तवरले यसलाई प्रयोगमा ल्याउनुपर्ने अहिलेको आवश्यकता हो । वैज्ञानिक तवरले वनलाई प्रयोगमा ल्याउन विज्ञको आवश्यकता छ। त्यस्तो विज्ञ उत्पादनका लागि फरेस्ट्री शिक्षा आजको आवश्यकता हो । रुख बिरुवा, घाँस, वातावरण, जलाधार र वन्यजन्तु जोगाउन फरेस्ट्री शिक्षा महत्त्वपूर्ण छ । यसै यथार्थलाई मध्यनजर गर्दै सुदुरपश्चिम विश्व विद्यालयले पनि यस शैक्षिक सत्र बाट कैलाली वहुमुखी क्याम्पसमा विएस्सी फरेष्ट्रि अध्यापन सुरु गर्ने भएको छ । शुक्रबार क्याम्पसमा वन विज्ञान अध्ययनको कार्यान्वयन अन्तर्गत प्रारम्भिक चरणको छलफल गरिएको छ । पुर्व क्याम्पस प्रमुख एवं हाल सुदुरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. पदमराज जोशीको यहाँ विषयको अध्यन अध्यापन मात्र हैन सस्तो सर्वसुलभ हुने भएकाले पनि नयाँ विषयहरुको आध्यापन हुनुपर्ने सुझाव छ ।


विषय विज्ञहरुसंगको छलफलमा त्रिभुवन विश्व विद्यालय कार्यकारी योजना महाशाखाका निर्देशक प्राध्यापक डा. रितिश पोखरेलले वन विज्ञान अन्तर्गत पाठ्यक्रममा स्थानिय प्रकृतिक विषयवस्तुहरु समेट्न आवश्यक रहेको वताउनुभयो ।


यस्तै राजनितिक एवं वौद्धिक व्यक्तित्व सुदुरपश्चिम प्रदेश सभाका सांसद डा. रण वहादुर रावलले सुदुरपश्चिम प्रदेशमा प्रशस्त वन क्षेत्र र जैवक विविधता रहेकोले यहाँकालागि वन विज्ञान विषय अझ महत्वपुर्ण रहेको वताउनुभयो ।

अन्तिरक्रियामा सुदुरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. अम्मराज जोशीले वन विज्ञान विषयको औपचारीक अध्यापन सुरुवात पछि हर्वल साईंस र नयाँ थप विषयहरु थप्ने प्रयासमा रहेको वताउनुभएको छ ।


कैलाली वहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्यायले यस प्रदेशमा गुणस्तरीय शिक्षा प्रदान र जनशक्ति उत्पादनका लागि विश्वविद्यालय तथा क्याम्पसको भौतिक संरचनागत विकासमा पनि राज्यको लगानी र सहयोग आवश्यक रहेको वताउनुभएको छ ।


राज्यले वन जङ्गललाई संरक्षण गर्नुपर्ने नीति लिएको छ । वनजंगलको व्यवस्थापन हुन सकेको छैन । पुराना रुखलाई काटेर त्यो ठाउँमा नयाँ बिरुवा रोप्नुपर्ने हो तर यहाँ त्यस्तो हुन सकेको छैन । वनको कसरी सही सदुपयोग गर्ने भन्ने शिक्षा आजको आवश्यकता हो । वनको संरक्षणसँगै वनको प्रयोग, वनमा आश्रित वातावरण र वन्यजन्तुको संरक्षण कसरी गर्ने भनेर सिकाउने भएकाले फरेस्ट्री शिक्षा महत्त्वपूर्ण छ ।


अन्त्यमा, नेपालको कुल भू–भागको ४५ प्रतिशत क्षेत्र वनले ओगटेको छ । देशलाई आर्थिक रुपमा समृद्ध बनाउन र खाद्य संकट समाधानका लागि वनलाई उत्पादनमूलक बनाउन राज्यले पहल सुरु गरेको छ । त्यस्तै, स्थानीय तह सञ्चालन ऐन २०७४ अन्तर्गत स्थानीय सरकारका विभिन्न कार्यमध्ये जैविक विविधता संरक्षण प्रमुख कार्यमा पर्छ ।
१७ वटा दिगो विकासका लक्ष्यमध्ये १३ वटा त वन क्षेत्रकै सहयोगमा पूरा हुन्छ । देश संघीय संरचनामा गएसँगै स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि वन क्षेत्रका लागि जनशक्ति माग गरेका छन् । यी क्षेत्रमा काम गर्न वन विज्ञान पढेको जनशक्ति हुनुपर्ने भएकाले फरेस्ट्री शिक्षालाई थप प्रभावकारी बनाउन आवश्यक छ ।
प्रस्तुत छ एक रेडियो रिपोर्टः

Leave A Reply

Your email address will not be published.