राष्ट्रिय परिचयपत्र छपाइ सुरु करिब ६७ लाख ८० हजारको आवेदन

धनगढी । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु भएको विभागले जनाएको छ । अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो ।यो वर्षभरिमा ५० लाख कार्ड आपूर्ति गर्ने विभागको लक्ष्य छ । मेसिनले एक घण्टामा ११ वटा कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर, डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सकेको छ । त्यस्तै ३३४ पालिका र तीन हजार ४५ वडामा अभियान सम्पन्न भएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम ९पश्चिम० बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ । राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भइ राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ ।सीएमआईएस’ प्रणाली एकीकृत भइ कार्यान्वयनमा रहेको र भीईआरएसपी–एमआईएस प्रणाली एकीकृत भइ कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.