प्रथम प्रदेश युवा महोत्सव धनगढीमा सुरु

धनगढी । प्रथम प्रदेश युवा महोत्सव धनगढीमा सुरु भएको छ । “स्वास्थ्य, शिक्षा,श्रम रोजगार दिगो विकास र सम्वृद्धिको अधार” नारा सहित प्रदेश युवा परिषद् धनगढी, कैलालीले आयोजना गरेको प्रथम प्रदेश युवा महोत्सव –२०७९ असार १३(आज),१४,र १५ गतेसम्म सञ्चालन हुने छ । युवाहरुलाई सचेत गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका नौँ वटै जिल्लाका युवाहरुको सहभागिता रहेको रहेको छ । महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रि गोविन्दराज बोहराले गर्नुभएको हो । तिन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकार तथा ख्याति प्राप्त व्यक्तित्वहरुको समेत सहभागिता रहेको छ, भने युवाहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउने उदेश्यले विभिन्न सचेतनामुलक सामाग्री पनि प्रर्दशन गरिनेको प्रदेश युवा परिषद् कैलालीका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताउनुभयो । आज महोत्सवमा युवाहरु लक्षित सचेतनामुलक सामाग्री प्रसारण गरिएको थियो । त्यस्तै सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारले लागु औषधको लत, जिवनभरि खत, बिषयमा बिशेष प्रस्तुति दिनुभयो, यस्तै प्रदेश निर्वाचन कार्यालय सुदुरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्टले निर्वाचनमा युवा सहभागिता र भुमिका बारेमा जानकारी गराउनुभयो भने सहभागीहरुले गजल, कविता लगायतका प्रतिभाहरु पनि प्रस्तुत गरेका छन् । सुदुरपश्चिमभरीका विभिन्न व्याक्तिहरु एउटै ठाउँमा जमघट भएर अन्र्तक्रिया गर्न पाउदा खुशी लागेको तथा आफुहरुले धेरै कुरा सिक्नपाएको सहभागीहरुले बताएका छन् ।

 

तिन दिनसम्म सञ्चालन हुने महोत्सवमा युवाहरुको सशक्तिकरणका लागि युवाहरुका प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको प्रदेश युवा परिषद् कैलालीका सदस्य शेरबहादुर बिष्टले बताउनुभयो ।

 

आजदेखी असार १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा भोली असार १४ गते सहभागीहरुका प्रस्तुती सहित सचेतनामुलक कार्यक्रममा, सरल ब्यवसायिक कर्जा र वित्तीय चेतनाका कुरा, जलबायु परिवर्तन र युवाको भुमिका बिषयमा सरोज बानियाबाट बिशेष प्रस्तुती रहने छ, यस्तै समाजप्रति युवाको उत्तरदायित्व बिषयमा केपी खनालको पस्तुती रहने छ , यस्तै साहित्यमा सुदुरका युवा आकर्षण की विकर्षण बिषयमा शेर बहादुर बिष्टको प्रस्तुती रहने छ भने पर्सी १५ गते पनि विभिन्न व्यक्तित्वबाट बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.