कृषि विकास बैंकद्धारा रेडियो केएमसीलाई आर्थिक सहयोग

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो व्यवसायिक पहुँचलाई अभिबृद्धि गर्ने गरी शाखा विस्तार गर्ने क्रम व्यापक हुँदै गएको छ । तर सामाजिक उत्तरदायित्वको सवालमा भने कतिपय बैंक तथा वित्तिय संस्थाहरुले ध्यान दिन नसकेको सेवाग्राहीको गुनासो पनि रहेको छ । यसै अवस्थालाई ध्यानमा राखेर कैलाली बहुमुखी क्याम्पसद्धारा सञ्चालित रेडियो केएमसी १०४.६ मेगाहर्जको पहुँच व्यापक बनाउने गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि विकास बैंकले १ लाख ५० हजार रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ । कैलाली बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बीच कृषि विकास बैंक प्रादेशिक कार्यालयका निमित्त प्रमुख प्रदीपराज जोशीले कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा.धर्मराज उपाध्यायलाई असार १५ गते चेक हस्तान्तरण गर्नुभएको हो ।

 

कृषि विकास बैंकसंग २०५४–५५ सालदेखीको लामो सहकार्यलाई थप मजबुत बनाउने उदेश्यले समय समयमा क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा कृषि विकास बैंकले हातेमालो गर्दै आएको छ । यस चेक हस्तान्तण कार्यक्रममा कृषि विकास बैंकका प्रदेश निमित्त प्रमुख प्रदीपराज जोशीले विगत लामो समयदेखी क्याम्पससँग सहकार्य भइरहेकोमा विद्यार्थीहरुको पठनपाठनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने भएकाले उक्त सहयोग गरेको उहाँले बताउनुभयो

 

यता कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्यायले बैंकले गरेको सहयोगप्रती आभार व्यक्त गर्नु भयो । उहाँले विगतमा पनि कृषि विकास बैंकले सहयोग गरेको स्मरण गराउनुभयो भने आगामी दिनमा पनि कृषि विकास बैंकले सहयोग गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

 

कृषि विकास जिल्ला शाखा प्रमुख तथा कृषि विकास बैंक शाखा कार्यालय रातोपुल धनगढीका प्रबन्धक रुद्र बहादुर केसीले कृषि विकास बैंक समाजको एक अभिन्न अङ्ग भएकाले सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य ,सञ्चार ,रोजगार लगाएतका क्षेत्रमा पनि लगानी गर्ने गरेको जानकारी दिनुभएको छ ।

चेक हस्तान्तरण कार्यक्रम क्याम्पस रोड शाखाका प्रबन्धक गोबिन्द राज जोशी, क्याम्पसको प्रशासन प्रमुख डिल बहादुर धामि , लेखा प्रमुख बालकृष्ण जोशि ,पुस्तकालयका अधिकृत तोपराज ढुँगाना लगायत कृषि बैकंका कर्मचारी समेत उपस्थिती रहेको थिए । चेक हस्तान्तरण कार्यक्रम सञ्चालन कृषि बैकंका अधिकृत कृष्णानन्द जोशीले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.