धनगढी । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पुर्व उद्योग मन्त्रि कर्ण वहादुर थापाले नेपालमा खनिज पदार्थको सम्भावना न्युन रहेको वताउनुभएको छ ।आज धनगढीमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको प्रथम सुदुरपश्चिम सम्मेलनमा वोल्दै उहाँले यस्तो वताउनुभएको हो । उहाँले विज्ञहरुका अध्ययन र अनुसन्धानका आधारमा नेपलमा खानिजन्य वस्तुको भण्डारण न्युन रहेको र त्यसलाई उत्खनन गर्न खर्च धेरै लाग्ने भएकोले खानिजन्य वस्तुको उत्पादनका लागि उद्योग कलकारखानाको सम्भावना न्युन रहेको वताउनुभयो । उहाँले नेपालमा कृषि र उर्जामा मात्रै प्रशस्त लगानी र प्रतिफल पाउन सकिने वताउनुभयो ।
उहाँले भन्नुभयो “ वाहिरबाट हेर्दा नेपालमा खनिज पदार्थको भण्डारण प्रशस्त जस्तो देखिए पनि त्यसमा उत्खननका लागि प्रयोगहुने जनशक्ति र लागतको तुलनामा प्रतिफल कम हुन्छ । त्यसैले नेपालमा प्रचुर सम्भावनाको क्षेत्र भनेको उर्जा,जलस्रोत र कृषि उद्योग मात्रै हो यी क्षेत्रमा सरकारको प्रशस्त लगानी हुनु जरुरी छ ”
यस्तै उहाँले भौतिक विकाससंगै वर्तमान समाजमा मानवतावादी सोच र चिन्तन आवश्यक रहेको वताउनुभएको छ । मानिसले वैभवशाली हुन र देखाउनका लागि मात्र पछिल्लो समय भौतिक विकासका साधनहरुलाई उत्पादन गर्ने गरिएको तर आवश्यक्ताका आधारमा र मानवताका आधारमा वैज्ञानिक उत्पादन र प्रयोग हुनुपर्ने उहाँको भनाई छ ।