प्रगतिशील प्राध्यपक संगठनको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन जारी।

धनगढी । नेपाल प्रगतिशील प्राध्यपक संगठनको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन चलिरहेको छ  । धनगढी स्थित कैलाली वहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा दुईवटा कार्यपत्रहरु प्रस्तुत गरिएको छ ।


प्रथम कार्यपत्र सुदुरपश्चिमको संस्कृति, पर्यटन,सम्पदा र स्थानिय धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुबारे प्राध्यापक दिपक चन्द्र भट्टले प्रस्तुत गर्नुभयो । प्रस्तुतिकरणमा उहाँले यस क्षेत्रका स्थानिय महत्वपूर्ण सम्पति र सम्पदा संरक्षणमा सरकारले ध्यान दिन नसकेको वताउनुभयो । यस्तै सुदुरपश्चिमका पर्यटकीय क्षेत्रमा पनि प्रशस्त अध्ययन,प्रचार प्रसार र सरकारी लगानी हुनुपर्ने उहाँको भनाई छ ।


दोस्रो कार्यपत्र नेकपा एमालेका पोलेट व्युरो सदस्य राजेन्द्र सिँह रावलले नेपाल र भारतको साँस्कृतिक र ऐतिहासिक सम्वन्धका बारेमा प्रस्तुत गर्नुभयो । यस्तै उहाँले सुदुरपश्चिम नेपालको पौराणिक र अध्ययनको क्षेत्र रहेको पनि उल्लेख गर्नुभयो । यहाँको इतिहासको बारेमा थप अनुसन्धान आवश्यक रहेको औँल्याउनुभयो ।


यस सम्मेलनबाट प्रगतिशील प्राध्यापक संगठनको सुदुरपश्चिम प्रदेश समिति गठन हुने उक्त संगठनका सुदुरपश्चिम प्रदेश संयोजक एवं कैलाली वहुमुखी क्याम्पसका उपप्राध्यापक मान वहादुर जोराले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.