धनगढी । कैलाली बहुमुखी क्याम्पसका बीबीएम ७औं सेमेष्टरका विद्यार्थीद्धारा बीबीएम फेष्ट कार्यक्रम सञ्चालन गरीएको छ । कार्यक्रमको पहिलो चरण अन्र्तगत गेमको आयोजना गरीएको र दोस्रो चरण इस्टल डे कार्यक्रम सम्पन्न भएको छ । असोज ४ गते तेस्रो चरणमा स्वस्थ रहनु र विभिन्न रोग लाग्नबाट बचौं भन्ने नारा सहित वातावरणीय सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको हाताभित्र आयोजना गरीएको हो । क्याम्पस भित्र मात्र नभई धगढी चौराह सम्म ¥याली सहित सरसफाई गर्दै जाने बीबीएम सातौ सेमेष्टरका विद्यार्थीहरुले जानकारी दीएका छन ।
सरसफाई कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयले मास्क,डस्टविन, पञ्जा तथा अन्य सामग्री सहयोग गरेको बीबीएम ७औं सेमेष्टरमा अध्यनरत विद्यार्थी जानकी झुकालले बताउनु भयो । इभेन्ट मेनेजमेन्ट अन्र्तगत यस्ता कार्यक्रम आयोजना गरीरहेको र अर्को चरणको कार्यक्रम भने असोज ७ गते बाट हुने ७औं सेमेष्टरका विद्यार्थी खगेन्द्र सिहँले बताउनु भयो । उक्त कार्यक्रमलाई बीबीएम ७औं सेमेष्टरका विद्यार्थीले सुरु गरेको र हाल बीएस डब्लु दोस्रो सेमेष्टरका विद्यार्थीले पनी सयोग गरीरहेको सातौं सेमेष्टरका निलम कुवँरले बताउनु भयो ।