नेपाल बैङ्क लिमिटेडको कैलाली बहुमुखी क्याम्पस स्थित एक्सटेन्सन काउन्टर औपचारीक रुपमा उद्घाटन ।

धनगढी । नेपाल बैङ्क लिमिटेडको कैलाली बहुमुखी क्याम्पस स्थित एक्सटेन्सन काउन्टर औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
क्याम्पसमा अध्ययनरत विद्याार्थीहरुको सहजताका लागि गत वर्षदेखी अस्थायी रुपमा सञ्चालन गरिएको उक्त शाखा काउन्टर आज एक कार्यक्रमका विच नेपाल बैङ्कका सुदुरपश्चिम प्रदेश प्रमुख विश्वराज भण्डारी, कैलाली शाखा प्रमुख सिद्धराज फुलारा र यस क्याम्पसका प्रमुख प्राध्यापक डा.धर्मराज उपाध्यायले संयुक्त रुपमा काउन्टर उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै बैङ्कका सुदुरपश्चिम प्रदेश प्रमुख भण्डारीले बैङ्को तर्फबाट गुणस्तरीय सेवा प्रवाहमा कुनै त्रुटी हुन नदिने र कर्पोरेट सामाजिकक उत्तरदायित्व (सि.एस.आर.) प्रदानमा क्याम्पसका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने वताउनुभयो । उहाँले बैङ्कको तर्फबाट धन्यवाद ज्ञापन गर्दै क्याम्पसका पदाधिकारीहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।


यस्तै उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. धर्मराज उपाध्यायले बैङ्कको सेवा प्रभावकारी रहेको भन्दै आगामी दिनमा पनि सहकार्य रहिरहने वताउनुभयो । उहाँले बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा खानेपानी मेसिन उपलव्ध भएको, प्रशासन अगाडी झण्डै २÷३ लाखको लगानीमा ट्रस निर्माण गरिएकोे प्रति आभार व्यक्त गर्दै आगामी दिनमा क्याम्पस भित्र चौतारा निर्माणमा लगानीको अपेक्षा रहेको वताउनुभयो ।


कार्यक्रमा नेपाल क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रा.डा. लोक वहादुर विष्ट, प्रशासन प्रमुख डिल वहादुर धामी, क्याम्पसका प्राध्यापक र बैङ्कका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.