सुुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थप, व्यवस्थापनमा पनि आयोजकले ध्यान दिँदा दर्शक र व्यवसायीहरु उत्साहित (रिपोर्ट)
धनगढी । मनोरञ्जन संगै महोत्सवमा विभिन्न क्षेत्रका मानिसहरूले आएर सामान मन पराइदिँदा र किनेर लग्दा व्यवसायीहरु उत्साहित देखिन्छन् ।
धनगढी उपमहानगपालिका १२ जुगेडाकी दीपा घर्तिमगरले आफ्नो फर्ममा उत्पादन गरेका च्याउँ तथा तरकारीका विउ, अचार, क्यान, सुकुटी, तथा विभिन्न सामग्रीहरु कृषि प्रदर्शनमा राख्नुभएको छ । च्याउ उत्पादनका साथै उहाँले तालिम पनि दिने गरेको वताउनुसहुन्छ । महोत्सवमा दैनिक १,२ क्विन्टल च्याउँ विक्रि हुने गरेको छ र यसले स्थानिय कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पुगिरहेको उहाँको भनाई छ ।
कृषि उत्पादन र स्थानिय सामाग्रीका व्यवसायी उत्साहीत बनिरहँदा स्टल भाडामा लिएर कपडा बेचिरहेका व्यापारी भने केही निराश देखिन्छन । प्रशस्त रुपमा ग्राहकले अवलोकन गरे पनि सोचे जस्तो व्यापार भने नभएको २ वटा स्टल भाडामा लिएर हिउँदे सिजनका कपडाका बेचि रहनुभएका कैलालीको सुख्खडका विनोद न्यौपाने वताउनुहुन्छ ।
अघिल्ला वर्षहरूका तुलनामा यस वर्ष महोत्सव स्थल पनि व्यवस्थित बनाइएको छ । अघिल्ला वर्षहरूमा हिँड्ने स्थानमा धुलो उड्दा समानहरू बिग्रिने गरेको भएपनि यस पटक पुरै स्टल क्षेत्रमा हिँड्ने बाटोमा प्लास्टिकको कार्पेट प्रयोग गर्दा धुलोबाट बचेको व्यापारी तथा दर्शकहरु वताउँछन् ।
यस्तै अहिले फराकिलो क्षेत्र र स्टलको व्यवस्थापनमा पनि आयोजकले ध्यान दिँदा व्यापारी, ग्राहक तथा अवलोकन कर्तालाई मनोरञ्जन संगै वातावरणीय हिसावले पनि सहजता महसुस भईरहेको छ ।
यस वर्ष पनि ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गराएको छ । सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवमा अपेक्षागरे भन्दा राम्रो उपस्थिति रहेको र देशमा आर्थिक म्न्दि चलिरहँदा व्यापार प्रवद्र्धनसंगै सफल रुपमा मेला सञ्चालन भईरहेको वताउनुहुन्छ ।
कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैँची, अदुवा, मसला, फर्निचर, अटो मोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यान सहितका ४ सयभन्दा बढी स्टल रहको आयोजकले बताएको छ । २ करोड लगानीमा आयोजना भएको महोत्सवमा १० करोड बरावरको कारोबार हुने कैलाली उद्योग बाणिज्य संघको अनुमान छ । र पछिल्ला वर्षमा स्थानिय उत्पादन, घरेलु सामग्री र साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित हुने किसिमले मेलामा स्थान दिनु महोत्सवको सबैभन्दा सुन्दर पक्ष हो ।
यो संगै सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपिएको छ । मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपीएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलन गर्दे कैलाली उद्योग वाणिज्य सघंले महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो।