सेती प्रादेशिक अस्पतालबाट सिटीस्क्यान सेवा सुरु ।

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको छ ।
अस्पतालमा आज बुधबार देखि CT Scan  ( 128 Slice) मेशिनको सफल परिक्षण गरी जडान भएर सेवा सुरु भएको अस्पतालका सुचना अधिकारी मेखराज उपाध्यायले   वताउनुभयो । प्रदेश सरकारको विनियोजित बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।
मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने गर्छ ।

Leave A Reply

Your email address will not be published.