अत्तरियामा आज देखी सुदूरपश्चिम प्रादेशिक महोत्सव शुरु ।

धनगढी । कैलालीको अत्तरियामा आज देखी सुदूरपश्चिम प्रादेशिक महोत्सव शुरु भएको छ ।
महोत्सबको सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गर्नु भएको छ । संघका अध्यक्षको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहनुभएको थियो भने गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

मुख्य आकर्षकका रुपमा लामितालमा डुंगाको व्यवस्था गरिएको महोत्सवमा १५० ओटा बभिन्न खाले स्टलहरु रहेका छन् । महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको आयोजकले जनाएको छ ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आज देखी माघ ९ गते सम्म महोत्सब लाग्ने भएको हो । स्रोतः धनगढी खबर

Leave A Reply

Your email address will not be published.