बैतडी जिप दुर्घटना हुँदा एक जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका न्वादेउबाट हाँट जाँदै गरेको सुप प्र ०४–००१ च ००६१ नम्बरको जिप वडा नं ३ न्वादेउ बत्थीमा दुर्घटना हुँदा जिप साहु हर्क बहादुर बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिनुभएको छ ।

घाइते बोहराको टाउको र बाँया खुट्टाको कान्छी औँलामा चोट लागेको उनले बताएका छन् । घाइतेको अवस्था मध्यम रहेको र हाँट स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताएका छन् । शुक्रबार दिउँसो ३ बजे जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिपमा साहु र जिप चालक मात्रै सवार थिए । जिप चालक अशोक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतः धनगढी खबर ।

Leave A Reply

Your email address will not be published.