विमान दुर्घटनास्थलबाट ४ बजे सम्ममा ६२ वटा शव निकालिएको छ: नेपाली सेना ।

धनगढी । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ) ४ बजे सम्ममा ६२ वटा शव निकालिएको छ ।
नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्
उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ । ६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो । अनलाईन खबरबाट

Leave A Reply

Your email address will not be published.