निर्मला पन्त हत्या प्रकरणमा थप ५ जनाको डीएनए संकलन, छानबिन समिति संयोजक सिंहको सरुवा ।

धनगढी । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणकालागि पठाइएको छ । डीआईजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छानबिन समितिले कन्चनपुरको भीमदत्त नगरपालिकामा पुगेर पाँचजनाको डीएनए संकलन गरेर काठमाण्डौ पठाइएको हो ।
तर पन्त प्रकरणमा छानबिन समितिको संयोजक रहेकी सिंहको सरुवा भएको छ । त्यहीँ कार्यरत रहेकी सिंहको सरुवा भएपछि अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीले पन्त प्रकरण घटनाको अनुसन्धानमा अन्यौलता बढेको छ । गृहमन्त्रालयले गत साता सिंहको सरुवा सीआईबीबाट गरेको हो । छानबिन सुरु गर्नु अघि समितीले हालसम्म यस घटनाको अनुसन्धानमा खटिएका अधिकृतलाई बोलाएर छलफल गरेको थियो । यसअघि गृहमन्त्री नियुक्त भएलगत्तै रवि लामिछानेले निर्मला पन्तका हत्यारा पक्राउ आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको थियो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीमा कार्यरत डीआईजी सिंहको संयोजकत्वमा दुईजना मनोचिकित्सक समेत रहने गरी छानबिन समिति गठन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.