विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु, हालसम्म ६९ जनाको शव फेला

धनगढी । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको जानकारी गराएको हो ।

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको जनाएको छ । साथै, ४१ जनाको पहिचान भइसकेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ ।

यस्तै, थप सहजीकरणका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.