शिक्षा सवाल स्तम्भः डिस्कभरी ईङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक योगेन्द्र सिंहसंगको कुराकानी । (अडियो सहित)

धनगढी । शिक्षासंग उन्नत मानव सभ्यताको समग्र परिकल्पना जोडिएको छ। शिक्षा जीवनपर्यन्त हाम्रो अभिन्न अंग हो अर्थात् हाम्रा आशा, अभिलाषा र आकाङ्क्क्षा तृप्त पार्न अनि नयाँ खोज, सोच र परिकल्पनालाई वास्तविक स्वरुप प्रदान गर्न समेत भोलीका लागि हामी आजै उचित तवरले प्रशिक्षित हुनु जरुरी छ। यी सम्भावनाको खोजी र समुन्नत मानव सभ्यताको विकासका लागि शिक्षा र सीपको सहि आर्जन र सदुपयोग हामी सबैको मननयोग्य र चिन्तनको विषय हो । तर के हामी जीवनोपयोगी र समयसापेक्ष शिक्षा आर्जन र प्रयोगमा सक्षम छौँ ? के हाम्रो शैक्षिक लगानी र प्राप्त हुनुपर्ने उपलव्धि सन्तोषजनक अनि पर्याप्त छन ? वालविकास कक्षादेखि हाम्रा वालवालिका र विद्यार्थीहरु कसरी प्रशिक्षित भइरहेका छन् ? के शिक्षामा सरकारी लगानी र समुदायको लगाव आशातित प्रतिफलका लागि पर्याप्त छ? यस्ता अनेकन जिज्ञासाहरुले शैक्षिक गतिविधिहरु समयसापेक्ष भए नभएकोबारे तपाई हामीमा उत्सुकता अवश्य पैदा हुन्छ। र यिनै जिज्ञासाहरुलाई मेटाउने प्रयत्न सहित शिक्षा सवाल स्तम्भका साथ उपस्थित भएको छु । यस अंकमा विद्यालयलाई विद्यार्थी र अभिभावकले विश्वास अनि उचित लागानी गर्न सक्ने संस्थाको रुपमा खडा गर्ने आधारहरु के हुन र निजी शिक्षालाई सर्व सुलभ वनाउन के कस्ता चुनौती छन खास गरी सरकार र निजी विद्याललय सञ्चालक विचको दुरी बढीरहनुको कारण र शहरी क्षेत्रमा शैक्षिक संस्थाहरु विचको प्रतिस्पर्धा कति स्वस्थ र विद्यालयले वाल शिक्षा अनि स्वास्थ्यमामा कसरी ध्यान दिईरहेको छ भन्ने विषयलाई समेटेर धनगढी ७ कान्तिपुर टोल स्थित डिस्कभरी ईङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक योगेन्द्र सिंहसंग कुराकानी गरेका छौँ । ( कुराकानी सुन्नुहोस)

Leave A Reply

Your email address will not be published.