सरस्वती पुजन, विद्यार्थी साहित्य प्रतिष्ठानको स–उत्सव र म्युजिक क्लवको शास्त्रीय प्रस्तुती, कैलाली वहुमुखी क्याम्पसको आजको परिवेश । (रिपोर्ट अडियो सहित)
म्युजिक क्लवका कलाकार रिसान्त ओझा, सन्तोष विक, विवेक विसी, सरस्वती भट्टराई, अनिता धामी, वर्षा जेठारा लगायतले आफ्नो प्रस्तुती रोखेका थिए ।
धनगढी । विद्यालयहरूमा आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर फलफूलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ । यस्तै परिवेश आज कैलाली वहुमुखी क्याम्पसमा पनि देखिन्थ्यो यसका साथै यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको साहित्य उजागर र प्रोत्साहनका लागि वि.सं २०५५ सालबाट स्थापना गरिएको विद्यार्थी साहित्य प्रतिष्ठानले आज २४ वसन्त पार गरेको छ यसैका उत्पादन एउटा गौरवमय उदहारण २०७२ सालको मदन पुरस्कार विजेता एवं साहित्यकार,लेखक र विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली वहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष रामलाल जोशी भन्नुहुन्छ “विद्यार्थीहरुले आफु भित्रको सिर्जनशील क्षमता तथा प्रतिभा बाहीर ल्याउन यस्ता मञ्चहरुको खाँचो छ, साथिहरुको सक्रियता र प्राध्यापकहरुको सल्लाह अनुसार त्यसैको सुरुवात गरिएको हो ”
यसरी क्याम्पसले विद्यार्थीहरुलाई दिएको अवसरको परिणाम गुरुहरुले हेर्ने र मुल्याङ्कन गर्ने अवसर पनि हुन सक्छन यस्ता कार्यक्रम र मञ्चहरु, कैलाली वहुमुखी क्याम्पसकै विद्यार्थीहरुले सञ्चालनमा ल्याएको अर्को सङ्गीतिक मञ्च केएमसी म्युजिक क्लवका विद्यार्थी कलाकारहरुको प्रस्तुती देखेर यस क्याम्पसका प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्याय हर्षित देखिनुहुन्थ्यो, र विद्यर्थीहरुले पछिल्लो पटक फरक र नयाँ स्वरुपमा कार्यक्रम मनाएको उहाँको भनाई छ । उक्त म्युजिक क्लवका कलाकार रिसान्त ओझा, सन्तोष विक, विवेक विसी, सरस्वती भट्टराई, अनिता धामी, वर्षा जेठारा लगायतले आफ्नो प्रस्तुती रोखेका थिए ।
विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा स्वछन्द विश्वको पुर्न शुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविच्छिन्न होस् । यस्ता कार्यक्रमहरु सञ्चालन गर्न क्याम्पस र अन्य पक्षबाट कसरी हौसला मिलिरहन्छ भन्ने जिज्ञासामा विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली वहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष भाप पन्त भन्नुहुन्छ “ क्याम्पसकै सहयोगमा प्रतिष्ठानले भित्तेपात्रो प्रकाशित गर्दछ र अन्य निकायले पनि कार्यक्रमहरु प्रायोजन गर्नु हुन्छ, क्याम्पस प्रशासन पनि सकारात्मक छ, र थप शसक्त ढङ्गबाट नयाँ योजनाका साथ विद्यार्थीहरुको रुचि जगाउने गरी आगामी योजना बनाएका छौँ ”
नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिने यस क्याम्पसका परिक्षा शाखा अधिकृत एवं पण्डित पुस्पराज उपाध्याय वताउनुहुन्छ ।
आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्तः कालसम्म रहिरहोस् । ( अडियो रिपोर्ट सुन्नुहोस)