धनगढी । भनेको सुनेका छौ सबैसँग कुनै न कुनै किसमको अन्र्तनिहित क्षमता र सम्भावना लुकेको हुन्छ तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्र्तनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । रेडियो केएमसी थुप्रै सम्भावनालाई संवाद मार्फत जोड्न प्रयासरत छ । अब तपाईलाई साथ दिन हामि तयार छौ भन्ने आशयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भको आजको अंकमा हामीले गत ४ वर्ष देखि भारतको नयाँ दिल्ली स्थित नेहरु प्लेसमा भारतीय सहकर्मी अनहाद रेकर्डिङ स्टुडियोका सञ्चालक, प्रोड्युसर, निर्देशक, रविन्द्र सिह राजावतसंग अनहाद रेकर्डिङ स्टुडियो बाट प्रवासमा रही नेपाली संगीत क्षेत्रमा निरन्तरता दिई रहनुभएका बझाङको थलारामा जन्मनुभएका हाल धनगढी ४ ॐ शान्ति टोल बस्दै आउनुभएका गायक एवं संगीतकार लोकेन्द्र उपाध्याय “अभिलाषि”संग उहाँको सांगितिक जीवनको चर्चा गर्ने जमर्को गरेका छौँ । उहाँले सोही स्टुडियोबाट आफ्नो संगीतयात्रा सुरु गर्नु भएको थियो , भारतीय गायीका विजय लक्ष्मी स्रवनमलाई नेपाली संगीतमा प्रवेश पनि गराउनुभयो । र उहाँ ज्योतिषि कार्यमा पनि संलग्न हुनुहुन्छ । (कुराकानी सुन्नुहोस)
तस्बीरमा: उहाँका भारतीय सहकर्मी अनहाद रेकर्डिङ स्टुडियोका सञ्चालक, प्रोड्युसर, निर्देशक, रविन्द्र सिह राजावत र गायीका विजय लक्ष्मी स्रवनम ।