धनगढी । पछिल्लो समयमा सडक दुर्घटनाका घटनाहरु बढ्दै गइरहेका छन । नेपालमा प्रत्येक दिन पाँच देखि सात जनासम्म र वार्षिक दुई हजारको हाराहारीमा (४० प्रतिशत) पैदल यात्रु सहितको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक दिन ३५ सय र वार्षिक १३ लाख मानिसको मृत्यु हुने गरेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै सोमबार विभिन्न विद्यार्थी संगठनहरु र जिल्ला प्रहरी कार्यलयको सहयोगमा “ट्राफिक नियम जानौ र मानौ, आफु बाचौ र अरुलाई पनि बचाऔ” भन्ने नाराका साथ कैलाली बहुमुखी क्याम्पसमा ट्राफिक सचेतनामुलक कार्यक्रम गरिएको छ । यस कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सम्पुर्ण संकायका थुप्रै विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभाकी सांसद खेमा बिष्टको पनि सहभागिता रहेको थियो । कार्यक्रममा ट्राफिक नियमबारे ट्राफिक प्रहरि कार्यलय कैलालीमा कार्यरत प्रहरी निरिक्षक बिरेन्द्र जुहारीले जानकारी दिनुभयो ।
प्रस्तुत छ यसै विषयमा तयार पारीएको एक रिपोर्ट (अडियो सहित)