धनगढी । मंगलबार कैलाली वहुमुखी क्याम्पसमा सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानून संकायका दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुद्वारा प्रथम सेमेष्टरमा अध्ययनरत नयाँ विद्याथीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख प्राध्यपक डा. धर्मराज उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त स्वागत कार्यक्रममा व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानून संकायका प्रथम सेमेस्टरमा अध्ययनरत र अन्य विद्यार्थीहरु उपस्थित थिए । कार्यक्रमा विभिन्न विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गर्नुभयो । कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख उपाध्यायले विश्व विद्यालयको कोर्स नयाँ र व्यवहारीक ढङ्गले तयार पारिएकोले अध्ययनशील र लगनशील हुँदै आफ्नो भविष्य निर्माणमा दत्तचित्त हुन आग्रह गर्नुभयो । उहाँले क्याम्पस भित्र विद्यार्थीहरुका लागि पढाई र अतिरिक्त क्रियाक्लाप आयोजना गर्न भौतिक संरचना र नितिगत सुधारका प्रयासहरु निरन्तर भईरहेकोले विद्यार्थीका माग सम्वोधन गर्न क्याम्पस र प्रशासन सँधै विद्यार्थी कै पक्षमा हुने वताउनुभयो ।
कार्यक्रमको अध्यक्षता मानविकी संकायका विद्यार्थी प्रकाश वहादुर विष्टले गर्नुभएको थियो भने कार्यक्रममा क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।