कैलाली वहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण ।

धनगढी । कैलाली वहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय स्वास्थ्य तथा शारिरीक शिक्षा विभागद्वारा गत माघ २५ गते देखि २९ गते सम्म आयोजित ५औँ प्रोजेक्ट मिट कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिताका विजेताहरुलाई वुधवार क्याम्पसमा एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ ।
उक्त प्रतियोगितामा पुरूषतर्फ विविएस सेमेष्टर प्रथम, वि.वि.एस. (तेस्रो वर्ष) द्वितीय, वि.एस.डब्लु. चौथो सेमेष्टर तृतीय भएका थिए र महिला तर्फ वि.एड. चौथो सेमेष्टर प्रथम वि.वि.एस. नेपाली मिडियम द्वितीय वि.एड.दोस्रो सेमेष्टरका टिम तृतीय भएका थिए ।
आज आयोजित कार्यक्रममा प्रथम हुने टिमलाई रु ५०००,मेडल र प्रमाण पत्र, द्वितीयलाई रु ३०००,मेडल र प्रमाण पत्र र तृतीयलाई रु २०००, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रमका मूल आयोजक कमिटी अध्यक्ष रोहित सिंह महताका अनुसार प्रोजेक्ट मिट गर्नुको मुख्य उदेश्य सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सिकाउनु हो । प्रोजेक्ट मिट अन्तर्गत भलिबल, बास्केटबल, फुटबल, कबड्डी, खो-खो, टेबलटेनिस, एथलेटिक्सका क्रियाकलापहरू (दौड्ने, उफ्रिने, फ्याक्ने) जस्ता कोर्समा भएका विभिन्न खेलकुदहरू समाबेश गर्न सकिन्छ । जसमा भलिबल समावेश गरिएको हो ।
भलिबल सबै ठाउँमा खेल्न सक्ने खेल र नेपालको राष्ट्रिय खेल पनि भएकाले योसंग सम्बन्धित सीप र जानकारी हुनु जरुरी रहेको र स्वास्थ्य तथा शारीरिक शिक्षाको व्यवहारिकताका लागि खेलकुद प्रतियोगिता आयोजना र सञ्चालन गर्ने सीप प्रोजेक्ट मिटबाट मात्र सम्भव हुने उहाँ वताउनुहुन्छ ।
उहाँले भन्नुभयो “ भलिबल प्रतियोगितामा पुरूषतर्फ २५ र महिलातर्फ ११ टिमले सहभागीता जनाएका थिए। जुन हम्रा लागि व्यवस्थापकीय र आर्थिक रूपले निकै चुनौतीपूर्ण थियो, तैपनि सम्पुर्ण खेलाडी,खेलप्रेमी,गुरूवर्ग लगायत उपस्थित सम्पुर्णको सहयोग र विशेषगरी विषय शिक्षक सह–प्राध्यापक प्रयागराज जोशीको सल्लाह र संरक्षकत्वमा कार्यक्रम सहजै सम्पन्न भएको छ, यसमा स्वास्थ्य तथा शारीरिक शिक्षा बिभागबाट हामीलाई उप– प्राध्यापक जनक बहादुर रावल ज्यू ले खेल सामग्रीहरू उपलब्ध गराउनुभएको छ ।”
अहिलेसम्म क्याम्पसबाट आर्थिक सहयोग उपलब्ध भएको छैन तर सबै प्रक्रिया पूरा गरी माग गरे केही सहयोग गर्ने आश्वासन भने क्याम्पस प्रमुख प्रा.डा. धर्मराज उपाध्यायले दिनुभएको उहाँले वताउनुभयो ।
यस किसिमका प्रोजेक्ट मिटले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न सिकाउने साथै सबै परिस्थितिमा समायोजन हुन, नेतृत्व गर्न,आत्मियता बढाउन सिकाउने अर्का विद्यार्थी एवं आयोजक र खेलका रेफ्री विरेन्द्र कुँवरले वताउनुभयो।

 

Leave A Reply

Your email address will not be published.