कैलाली बहुमुखी क्याम्पसमा प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला सम्पन्न ।

धनगढी । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुस जहानिया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । त्यहि कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस मान्ने गर्छौँ । राणाहरुको वंशियतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोष सहित आजकै दिन मूलुकमा प्रजातन्त्र छाएको थियो ।
७३औँ प्रजातन्त्रको दिवसको अवसरमा के.एम.सी सिर्जनशील क्लव ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता कैलाली बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । उक्त प्रतियोगिताको शिर्षक “प्रजातन्त्रको सवलीकरणमा सरोकारवालाको भुमिका” रहेको थियो । जसमा १९ जना प्रतियोगीहरुकोे सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा किरण कुमारि वुचामगर प्रथम, बमबहादुर विश्वकर्मा द्धितिय, प्रविन चन्द तृतिय र लवदेब धामीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
वक्तृत्वकला प्रतियोतिमा प्रमुख अतिथिका रुपमा सहायक क्याम्पस प्रमुख प्रा.डा केसव राज भट्ट रहनु भएको थियो । कार्यक्रममा वोल्दै उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीको सिर्जनशील क्षमता उजागर हुनुका साथै प्रतिस्प्रधात्मक भावनाको विकास हुने बताउनु भयो । प्रतियोगिताको निर्णायकका रुपमा भने क्याम्पसका सह प्राध्यापक डा.आत्मराम भट्ट, सह प्राध्यापक ठाकुर प्रसाद ढङगेल र उप प्राध्यापक बासुदेव बिष्ट रहनु भएको थियो । कार्यक्रमको सभापतित्व के.एम.सी सिर्जनशील क्लवकी अध्यक्ष निर्मला भट्टले गर्नु भएको थियो । उक्त कार्यक्रममा क्लवका पुर्व पदाधीकारीहरु , क्याम्पसका विद्यार्थीहरु र प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
( सुन्नुहोस यसबारे तयार पारिएको रिपोर्ट)

Leave A Reply

Your email address will not be published.