युनिक मोर्डन एकेडेमी स्कुलको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनगढी । शुक्रबार युनिक मोर्डन एकेडेमी स्कुलले १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । धनगढी उप-महानगरपालिका वार्ड न. २ मा रहेको यस स्कुलले शुक्रबार (फागुन १९ गते) १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा सो विद्यालयमा अध्यनरत विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं वडा नं.२ की पूर्व वडा सदस्य तथा धनगढी उप-महानगरपालिकाकी  निवर्तमान न्यायिक समिति सदस्य रत्ना बिष्टले बालबालकालाई उपहार नदिएर राम्रो संस्कार सिकाउन अभिभावकलाई आग्रह गर्नुभयो ।
आफ्नो मन्तव्यमा बोल्नु हुदै वालवालिकालाई मोबाइलमा भिडियो हेर्न गेम खेल्न नसिकाएर गुगल गर्न सिकाउनु पर्ने  सुदुरपश्चिमाञ्चल क्यामपसका क्यामपस प्रमुख योगराज गौतमले बताउनु  भयो । वालवालिकालाई व्यापार मेलामा लगेर खेलौना किनी दिएर एक दिनका लागि खुसी पार्नु भन्दा गुणस्तरीय शिक्षा र सँस्कार सिकाएर जीवनभर खुसी बनाउन आवश्यक रहेको पनि उहाँले बताउनु भयो । बिद्यार्थिको पढाईलाई मात्र निरन्तरता नदिएर अन्य मनोरञ्जनका कार्यक्रममा पनि सक्रिय गराउनका निम्ति यो कार्यक्रम राखेको युनिक मोर्डन एकेडेमी स्कुलका प्रधानाध्यापक हरी शंकर जोशीले बताउनु भयो ।


उक्त कार्यक्रम भव्यताका साथ मनाईएको छ । कार्यक्रममा विभिन्न मनोरञ्जनका सांस्कृतिक कार्यक्रम लगायतका सचेतना मूलक नाटक बिद्यार्थीद्धारा प्रदर्शन गरीएको थियो । विद्यालयमा विभिन्न खेलकुद र पढाईमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.