धनगढी । धनगढीका पत्रकार रमेश ऐडिले मानव सेवा आश्रममा दिवा खाना सहयोग गर्नु भएको छ । पत्रकार ऐडिले आफ्नी स्वर्गीय आमाको बार्षिक पुण्य तिथिको अवसरमा भोजनदान गर्नु भएको हो ।
फूलवारी खबरमा कार्यरत पत्रकार ऐडिले मानवसेवा आश्रम धनगढीलाई भोजन दान गर्दै आमा भगवान रुपि भएकाले सेवा गरेको बताउनु भयो । ऐडिले आमालाई सम्झदै प्रत्येक बर्ष पुण्य तिथीको दिन गरिव दिनदुखी असहायलाई भोजन गराउने बताउनु भयो ।
मानवसेवा आश्रम धनगढीका सदस्य संयोजक आदर्श ढकालले आश्रममा भोजन सहयोग गरेकोमा आभार व्यक्त गर्नु भयो । उहाँले धनगढी उपमहानगरपालिका–१५ उर्मामा बन्न लागेको आश्रमको आफ्नै भवन भ्रमण गरिदिन आग्रह गर्दै आश्रममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
भोजन दान कार्यक्रममा गोरखापत्र सुदूरपश्चिम संस्थानका संयोजक कृत बिष्ट , जनता टेलिभिजनका ब्युरो प्रमुख भीम चौधरी र बिजपाटीका सम्बादाता झलक दवाडीको उपस्थिति रहेको थियो ।
मानव सेवा आश्राममा बेसाहारा, सडकमानव, घरवारविहीन महिला पुरुष गरि जम्मा ४५ जना आरक्षण लियर बसिरहेका छन् । बेसाहारा नागरिकलाइ विभिन्न क्षेत्रबाट सहयोग सकलन गरि पालन पोषण गर्ने गरिएको छ ।