उप–प्राध्यापक पछेराको अन्त्येष्टि ।

कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक खड्ग बहादुर पछेराको अन्त्येष्टि गरिएको छ ।

शुक्रवार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय पछेराको गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो। प्रहरीका अनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो।
उहाँको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। उहाँ कार्यरत कैलाली बहुमुखी क्याम्पसले आज पछेराको निधनमा शोक विदा दिएको छ।

 

Leave A Reply

Your email address will not be published.