धनगढी । सुदुरपश्चिम विश्वविद्यालय कैलाली वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको वुधवार भएको निर्वाचनको मत आज गणना हुँदै छ ।
स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वर प्रसाद जोशीका अनुसार हिजो क्याम्पसका ४ हजार ३४५ मतदाता मध्ये २ हजार ३६८ जनाले मत हालेका थिए । आज दिउँसो साढे १ बजेबाट मतगणना सुरु भएको हो । मत गणना जारी छ, दिउँसो ६ बजे सम्मको मत परिणाम अनुसार १३९१ मत गणना हुँदा अध्यक्ष पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार यमराज जोशीले ४५८ मतका साथ अग्रता कायम गर्नुभएको छ । त्यस्तै ने।वि।संघ।का तर्फबाट उम्मेदवार ४५३ मतका साथ पछ्याईरहनु भएको छ ।
यस्तै सचिव पदमा ने।वि।संघ।का तर्फबाट उम्मेदवार सन्तोष पन्तले ५६४ मत प्राप्त गरि अग्रता कायम गरिरहनु भएको छ । अनेरास्ववियुका तर्फबाट उम्मेदवार रमेश बोहराले ३४६ मतका साथ उहाँलाई पछ्याई रहनु भएको छ । कोषाध्यक्षमा नेविसंघकी अम्बिका चौधरीले ४७१ मत पाउनुभएको छ । अखिल क्रान्तिकारीका दिनेश जोशी १३५, अनेरास्ववियुकी पुजा शाहले २६२मत प्राप्त गर्नुभएको छ । यस्तै करुणा चन्दले १३१ मत पाउनु भएको छ ।
