बैतडीको देहिमाण्डौमा चार वर्ष पछि लिफ्टमार्फत कुमालीगाडको खानेपानी पुग्यो। (वडा अध्यक्षसंगको कुराकानी)
धनगढी। बैतडीको दशरथचन्द नगरपालिका -२ स्थित कुमालीगाड-देहिमाण्डौ लिप्टिङ खानेपानी योजना अन्तर्गत देहिमाण्डौ बजारको सरकोट डाँडामा पानी पुगेको छ ।
चार वर्ष देखि निर्मार्णाधिन रहेको खानेपानी योजनाको पानी देहिमाण्डौमा पुगेको वडा अध्यक्ष सुर्य बहादुर बोहोराले बताउनुभयो। प्रदेश सरकारको बजेटबाट निर्माण भैरहेको कुमालीगाड-देहिमाण्डौ लिप्टिङ योजना निर्माण प्रक्रियामै रहेको र सफलतापूर्वक देहिमाण्डौमा पानी पुर्याइएको उहाँले बताउनुभयो ।
कुमालीगाड देखि ५ सय मिटरमाथि (भर्टिकल हाइट) लिफ्टिङ गरेर पानी पुर्याइएको हो । सपलतापूर्वक पानी पुगेको र अब ट्याङ्की निर्माण गरेर घरघरमा वितरण गरिने वडा अध्यक्ष बोहराले बताउनुभयो ।
खानेपानीको चरम अभाव हुने देहिमाण्डौमा अब भने सहज हुने भएको छ । राजनीतिक किचलोका कारण दुई वर्ष देखि निर्माण कार्य रोकिएको योजनाको काम अब तिब्र गतिमा हुने उहाँको भनाई छ ।
अध्यक्षसंगको कुराकानी (सुन्नुहोस)