सुदुरपश्चिममा औपचारीक रुपमा पहिलो पटक महिला अधिकार दिवस मनाईयो

धनगढी । आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार सबैको साझा सरोकार’ भन्ने नाराका साथदिवस मनाउन लागिएको हो ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।
नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।यसै दिवसको अवसरमा आज धनगढीमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनगढी स्थित स्वास्थ्य तालीम केन्द्रमा सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।कार्यक्रममा मन्त्रालयका अधिकृत दानबहादुर सुनवार र महिला हक अधिकार सम्बन्धी कानुनी व्यवस्थाका विषयमा प्रतुतीकरण राख्नु भएको थियो । यस्तै महिला विकास अधिकृत जयन्ती गिरीले सुदुरपश्चिम प्रदेश सरकारबाट हाल सम्म भएका प्रयासहरुको विषयमा प्रतुतीकरण राख्नु भएको थियो । उहाँले आज पाचौं राष्टिय महिला अधिकार दिवस भएपनि सुदुरपश्चिममा औपचारीक रुपमा पहिलो पटक कार्यक्रम मनाएको बताउनु भयो ।
यस्तै घरेलु हिंसा सम्बन्धी विभिन्न कार्यक्रम सामाजिक मन्त्रालयले गरिरहेको र संविधानमा विभिन्न विधि विधान आएपनि सबै मानिसले आफ्नो जिम्मेवारी वोध नगर्दा सम्म महिला र पुरुषविच समानता कायम नहुने उक्त कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विश्वदिप बेश्राल बताउनु भयो । सबैले समानता पुर्वक जिम्मेवारी बहन गर्नु पर्नेमा उहाँको जोड छ । कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका कानुन अधिकृत उत्तम गौतमले अन्यतहको सरकारले भन्दा स्थानीय तहको सरकारले महिला अधिकारको लागी बढी भुमिका खेलेको बताउदै सम्पुर्ण महिलाहरुलाई शुभकामना व्यक्त गर्नु भयो । सुदुरपश्चिम प्रदेशमा वालविवाह बढेर झण्डै ३५ प्रतिशत पुगेकोे उहाँले बताउनु भयो । लोकतन्त्र आयो भन्दैमा कुनै पनि समस्याको समाधान नहुने समेत गौतमले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्नु हुदै पहिले दिवस आएको समाचारमा मात्र सुनीने र महिलाका लागी राम्रो कार्य केहि पनि नभएको महिला अधिवक्ता रेनु प्रधान श्रेष्ठले गुनासो गर्नुभयो । कार्यक्रममा सहभागीहरुले अधिकार सँगै कर्तव्य पालनामा सबैले ध्यान दिनुपर्ने जोड दिएका थिए । कार्यक्रममा विभिन्न सरकारी,गैर–सरकारी संस्था,सुरक्षा निकायका प्रतिनिधि र सरोकार वालाहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.