कैलाली बहुमुखी क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन गरिएको छ । विहीबार एक कार्यक्रमकाबिच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले उक्त समितिको चयन गर्नुभएको हो । नयाँ कार्यसमितिमा महेन्द्र चन्द अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । यस्तै रण वहादुर कटुवाल उपाध्यक्ष र नरेन्द्र साउद सचिव बन्नुभएको छ । यस्तै धनराज जैशी सह–सचिव र बसन्ती साउँद कोषाध्यक्षमा सर्वसम्मत मनोनित हुनुभयो ।
यस्तै सदस्यहरुमा कमल जोशी, गिता भट्टराई, पुष्पराज उपाध्याय, लोकेश्वरी बिष्ट र दशरथ सिंह धामी सर्वसम्मत चयन हुनुभएको अध्यक्ष महेन्द्र चन्दले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कलले क्याम्पस भित्र र क्याम्पस बाहिर रक्तदान कार्यक्रम लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.