धनगढी । नगर वाल सञ्जाल धनगढीको आयोजना तथा मालिकार्जुन दार्चुला सेवा समिति धनगढीको सहकार्यमा धनगढीमा प्रथम पटक किशोरकिशोरिको समाजमा गरेको योगदान र निर्वाह गरेकोे उत्तरदायित्वका आधारमा दिइने ग्लोकल टिन हिरो अवार्डको बारेमा अन्तरकृया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा सामुदायिक तथा निजि विद्यालय तथा बिभिन्न क्षेत्रमा आवद्ध १०० जना किशोरकिशोरीको सहभागीता रहेको थियो । उक्त अवसरमा मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्रराज पन्तले समाजको अभिभावकिय भुमिकामा रहेकाले आफुले किशोरकिशोरीसङ्ग सम्बन्धित कार्यक्रममा सहकार्य गर्न पाँउदा खुसी लागेको बताउनुभयो । यस्तै आयोजक नगर बाल संजालका अध्यक्ष मातृका प्रसाद उपाध्यायले नगर बाल संजालले यस्ता कार्यक्रम गर्ने र त्यसमा सबैको सहभागिता हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।
ग्लोकल टिन हिरो प्रदान गर्ने ग्लोकल प्राइभेट लिमिटेडकि कर्पोरेसन म्यानेजर सरु प्याकुरेलले ग्लोकल टिन हिरो को विगत र वर्तमान र आवेदन प्रक्रियाबारे अभिमुखिकरण प्रदान गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन एवं सहजिकरण नगर वाल सञ्जालका निवर्तमान कार्यसमिति सदस्य प्रविन चन्दले गर्नु भएको थियो ।