धनगढी । वुधबार उच्च शिक्षामा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । बुधबार नेत्रहीन युवा संघ नेपाल, कैलालीको आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च शिक्षामा भइरहेका समस्याहरुबारे छलफल गरि समस्या समाधान गर्न समान अवसर र अपाङ्गतामैत्रि संरचनाको निर्माणमा शैक्षिक संस्थाले जोड दिनुपर्ने सहभागिहरुले वताउनुभएका छ । संघका अध्यक्ष अर्जुन रावलले अपाङ्गता भएका व्यक्तिहरुप्रति सहानुभुति व्यक्त गर्नु भन्दा पनि समान अवसर प्रदान गर्नुपर्ने वताउनुभयो ।
यस्तै स्ववियु अध्यक्ष यमराज जोशीले शैक्षिक संस्थामा सकारात्मक व्यवहार निर्माण र सहकार्यको वाातावरण निर्माण गर्न सघाउने वताउनुभयो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख केशवराज जोशीले आवश्यक स्रोतसाधन पुर्तिका लागि पहल चाल्ने र सहभागिता वृद्धिका लागि भरमग्दुर प्रयत्न गर्ने वताउनुभयो ।